काठमाण्डौ । यूनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडको संस्थापक समूहको सेयर बिक्रीमा राखिएको छ । कम्पनीको संस्थापक सेयरधनीको नाममा रहेको १९ हजार ८८२ कित्ता संस्थापक सेयर बिक्रीमा राखिएको हो ।
यो सेयर खरिदका लागि जो सुकै व्यक्ति तथा कम्पनीले खरिद आवेदन दिन सक्नेछन् ।
सेयरको न्यूनतम प्रतिकित्ता मूल्य २१५ रुपैयाँ निर्धारण गरिएको छ ।
इच्छुक लगानीकर्ताले काठमाण्डौको सुन्धारामा रहेको कम्पनीको प्रधान कार्यालयमा खरिद गर्न चाहेको सेयर संख्या खुलाई आवेदन दिनुपर्नेछ। यस्तो आवेदन सूचना प्रकाशित भएको १५ दिनभित्र आवेदन दिनुपर्नेछ।