मंगलवार, जेष्ठ ५,२०८३ 05:55:47
Bizshala
  • मंगलवार, जेष्ठ ५,२०८३ 05:55:47
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

'खरानीबाट फेरि उठ्छौं'- निर्वाण चौधरीको हृदयस्पर्शी सन्देश

Laxmi Sunrise Bank Limited
'खरानीबाट फेरि उठ्छौं'- निर्वाण चौधरीको हृदयस्पर्शी सन्देश
Shivam Cement

काठमाण्डौ । नेपालको पहिलो र एकमात्र डलर अर्बपति विनोद चौधरीको नेतृत्वमा देशको आर्थिक र सामाजिक उन्नतिमा अग्रणी चौधरी समूहले हालैको जेनजी आन्दोलनका क्रममा भएको हिंसा र विनाशको पीडादायी घडीमा आफ्नो मन छुने सन्देश सार्वजनिक गरेको छ। समूहका प्रबन्ध निर्देशक तथा विनोद चौधरीका छोरा निर्वाण चौधरीले लेखेको यो सन्देशले हरेक नेपालीको हृदयलाई गहिरो प्रभाव पार्ने खालको छ।

केही दिनअघिको आन्दोलन, जसले जवाफदेहीता र परिवर्तनको शान्तिपूर्ण माग बोकेर युवाहरूबाट सुरु भएको थियो, असामाजिक तत्व र बाह्य शक्तिहरूको घुसपैठले हिंसा, लुटपाट र विनाशमा परिणत भयो। चौधरी समूहले यो आन्दोलनका क्रममा ठूलो क्षति व्यहोर्नुपर्‍यो। समूहका अध्यक्ष विनोद चौधरीलाई व्यक्तिगत रूपमा निशाना बनाइयो, पारिवारिक निवासहरूमा आगजनी गरियो, कारखाना र कार्यालयहरू ध्वस्त पारिए, र शोरूमहरू लुटिए। दशकौंको मेहनत, समर्पण र राष्ट्रप्रतिको सपना केही घण्टामै खरानीमा परिणत भयो। यो केवल भौतिक सम्पत्तिको क्षति मात्र थिएन, यो नेपालको उज्ज्वल भविष्यप्रतिको आशा र विश्वासमाथिको आघात थियो।

निर्वाण चौधरी
Bizshala
New Office
CG Motors

तर, यी कालरात्रीहरूमा पनि चौधरी समूहको सच्चा आत्मा चम्कियो। निर्वाण चौधरीले आफ्नो सन्देशमा लेखेका छन्, “आगोको ज्वाला र अराजकताको बीचमा हाम्रा कर्मचारीहरू, नेताहरू र व्यवस्थापकहरूले आफ्नो ज्यानको प्रवाह नगरी हाम्रा सम्पदाहरू जोगाए, ग्राहकहरूप्रति हाम्रो वाचा जीवित राखे।” आगोको लप्काले चारैतिर विनाश मच्चाइरहँदा पनि चौधरी समूहका कर्मचारीहरूले हार मानेनन्। उनीहरूले रातदिन खटेर सम्भव भएको जति सम्पत्ति बचाए र कम्पनीको सम्मान जोगाए।

“तपाईंहरू, जो सबै कुरा भत्किँदा पनि अडिग रहनुभयो, तपाईंहरूलाई म हृदयदेखि सलाम गर्छु,” निर्वाणले लेखेका छन्। “तपाईंहरूले देखाउनुभयो कि चौधरी समूह केवल एक कम्पनी होइन, यो साहस, निष्ठा र एकताले बाँधिएको परिवार हो। तपाईंहरूकै कारण हाम्रा ग्राहकहरू यो संकटमा अलपत्र परेनन्। तपाईंहरूकै कारण आशाको ज्योति अझै बलिरहेको छ।”

चौधरी समूह नेपालको सबैभन्दा ठूलो करदाता र रोजगारदाता मध्ये एक हो, जसले भूकम्प, बाढी र महामारी जस्ता हरेक संकटमा जनताको साथमा उभिएर राष्ट्र निर्माणमा योगदान पुर्‍याएको छ। निर्वाणले यो सन्देशमा जोड दिएका छन्, “हाम्रा भवनहरू जलाउन सकिन्छ, तर हाम्रा सपनाहरू जलाउन सकिँदैन। हाम्रा शोरूमहरू लुट्न सकिन्छ, तर हाम्रा मूल्यहरू लुट्न सकिँदैन। हामीलाई कमजोर बनाउने प्रयास हुन सक्छ, तर हाम्रो एकताको बल तोड्न सकिँदैन।”

Garima Development Bank
Shivam Cement
IME remit

यो सन्देशले हरेक नेपालीलाई प्रेरणा दिन्छ कि संकटका बावजुद हामी हार मान्दैनौं। चौधरी समूहले पुनर्निर्माण, पुनर्जनन र पहिलेभन्दा बलियो भएर उठ्ने प्रतिबद्धता व्यक्त गरेको छ। “यो त्रासदीबाट नयाँ शक्ति, नयाँ विचार र नेपालका जनताप्रति झन् गहिरो समर्पण जन्मिनेछ,” निर्वाणले लेखेका छन्। “इतिहासले हामीलाई जलाइरहेको आगो सम्झने छैन, इतिहासले हामी कसरी त्यसबाट बलियो, गर्विलो र एकताबद्ध भएर बाहिर निस्कियौं, त्यो सम्झनेछ।”

चौधरी समूहको यो मार्मिक सन्देशले केवल कम्पनीको कर्मचारी र लगानीकर्तालाई मात्र होइन, सम्पूर्ण नेपालीलाई एकताबद्ध भएर आशा र विश्वासका साथ अघि बढ्न प्रेरित गर्छ। चौधरी परिवारको नेतृत्वमा यो समूहले फेरि एकपटक नेपालको उज्ज्वल भविष्य निर्माणमा अग्रणी भूमिका खेल्ने प्रतिबद्धता दोहोर्‍याएको छ।

Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.