आईतवार, जेष्ठ ३,२०८३ 01:57:45
Bizshala
  • आईतवार, जेष्ठ ३,२०८३ 01:57:45
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

आईपीओको तयारीमा रहेको स्टार अस्पतालमा कर्मचारीको आन्दोलन, 'एकवर्षदेखिको पारिश्रमिक पाएनन्' !

Laxmi Sunrise Bank Limited
आईपीओको तयारीमा रहेको स्टार अस्पतालमा कर्मचारीको आन्दोलन, 'एकवर्षदेखिको पारिश्रमिक पाएनन्' !
Shivam Cement

काठमाण्डौ । आईपीओ निश्कासनको तयारीमा रहेको सानेपास्थित स्टार अस्पताल लिमिटेडका चिकित्सक तथा कर्मचारीहरूले करिब एक वर्षदेखि पारिश्रमिक नपाएको भन्दै आन्दोलन थालेका छन् ।  

कर्मचारीहरूले २०८२ साउन २६ गतेदेखि सुरु गरेको आन्दोलन निरन्तर चलिरहेको छ। उनीहरूले विभिन्न तहका छलफल र श्रम कार्यालयमार्फत भएका लिखित सहमतिहरू समेत व्यवस्थापनले कार्यान्वयन नगरेको भन्दै जनसमुदाय, राजनीतिक दल तथा मानवअधिकारवादी संस्थासँग समस्या समाधानका लागि पहल गर्न अपिल गरेका छन्।

Bizshala
New Office
CG Motors

कर्मचारीहरूको भनाइ अनुसार चिकित्सकलाई एक वर्ष, अन्य कर्मचारीलाई छ महिनादेखिको पारिश्रमिक दिइएको छैन। साथै, कर्मचारी सञ्चय कोषमा १५ महिनादेखि, नागरिक लगानी कोषमा ६ महिनादेखि रकम जम्मा गरिएको छैन।  

त्यस्तै, टिडिएस कर दुई वर्षदेखि नबुझाइएको, मोर्डन टेक्निकल कलेजका कर्मचारीलाई एक वर्ष र स्टार नुवाकोट अस्पतालका कर्मचारीलाई आठ महिनादेखि पारिश्रमिक नदिइएको दाबी गरेका छन् ।  

यसअघि श्रम कार्यालय, टेकुमा विभिन्न मितिहरूमा निवेदन पेश गरेपछि कार्यालयको तर्फबाट चरणवद्ध छलफल गराइएका थिए। मिति २०८१–९–३ गते र २०८२–२–१३ गते गरी दुई पटक लिखित सहमति भएको थियो। तर व्यवस्थापनले ती सम्झौता पालना नगरेपछि श्रम कार्यालयले २०८१–१२–२८ गते निर्णय गर्दै स्टार अस्पताल लिमिटेडको बैंक खाता रोक्का, अचल सम्पत्तिको कारोवार रोक्का, शेयर खरिदबिक्री रोक्का, नामसारी, अध्यावधिक लगायतका कारोवारसमेत रोक्का गरेको थियो।

यसपछि व्यवस्थापकले खराब नियत राखी रोक्का भएको खाता मात्र खुलाउने उद्देश्यले किस्ताबन्दीमा भुक्तानी दिने भनी २०८२–२–१३ गते पुनः त्रिपक्षीय सहमति गरे पनि सो सहमति समेत कार्यान्वयन नगरेको कर्मचारीहरूको आरोप छ। 

Garima Development Bank
Shivam Cement
IME remit

उनीहरूको भनाइअनुसार, संस्थालाई बचाउने जिम्मेवारीपूर्वक कर्मचारी पक्षले खाता खुलाउन पहल गरेका थिए, तर खाता खुलेपछि व्यवस्थापकले सहमतिअनुसार पारिश्रमिक नदिएपछि व्यवस्थापनको नियत नै खराब भएको बताएका छन्।

‘हामीलाई आन्दोलन गर्न रहर थिएन, तर व्यवस्थापनको गैरजिम्मेवार व्यवहारले बाध्य बनायो,’ आन्दोलनरत कर्मचारीहरूले विज्ञप्तिमा बताएका छन्। उनीहरुका अनुसार, विभिन्न मितिहरूमा पटक–पटक छलफल हुँदा पनि व्यवस्थापनले गैरजिम्मेवार ढङ्गले प्रस्तुत हुँदै समस्या समाधानमा चासो देखाएको छैन ।  

कर्मचारीहरूले व्यवस्थापनले तत्काल पारिश्रमिक र अन्य सुविधा भुक्तानी नगरेसम्म शान्तिपूर्ण संघर्ष जारी रहने चेतावनी दिएका छन्।  

Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.