बुधबार, असार १७,२०८३ 07:09:27
Bizshala
  • बुधबार, असार १७,२०८३ 07:09:27
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

स्वास्थ्य मन्त्रालयद्वारा १९३ जना पदाधिकारी पदमुक्त

Laxmi Sunrise Bank Limited
स्वास्थ्य मन्त्रालयद्वारा १९३ जना पदाधिकारी पदमुक्त

काठमाण्डौ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले विभिन्न स्वास्थ्यसम्बन्धी निकायमा कार्यरत १९३ जना सार्वजनिक पदाधिकारीलाई पदमुक्त गरेको छ।

मन्त्रालयले जारी गरेको प्रेस विज्ञप्तिअनुसार सार्वजनिक पदाधिकारीको पदमुक्ति सम्बन्धमा विशेष व्यवस्था गर्न बनेको अध्यादेश, २०८३ तथा मन्त्रिपरिषद्को निर्णय बमोजिम विभिन्न परिषद्, प्रतिष्ठान तथा स्वास्थ्य संस्थामा कार्यरत पदाधिकारीहरू स्वतः पदमुक्त भएका हुन्।

New Office
CG Motors
Garima Development Bank

पदमुक्त हुनेमध्ये आयुर्वेद चिकित्सा परिषद्, नेपाल स्वास्थ्य अनुसन्धान परिषद्, नेपाल नर्सिङ परिषद्, नेपाल स्वास्थ्य व्यवसायी परिषद् लगायतका निकायका अध्यक्ष, सदस्य तथा पदाधिकारीहरू रहेका छन्। त्यसैगरी बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल र शहीद गङ्गालाल राष्ट्रिय हृदय केन्द्र लगायतका प्रतिष्ठानका नेतृत्व तहका पदाधिकारी पनि यस निर्णयमा समेटिएका छन्।

मन्त्रालयका वरिष्ठ स्वास्थ्य शिक्षा प्रशासक तथा सूचना अधिकारी डा. भक्त बहादुर केसीका अनुसार उपकुलपति, डिन, रजिष्ट्रार, कार्यकारी निर्देशक तथा अस्पताल निर्देशकसमेतका पदाधिकारीहरू पदमुक्त भएका हुन्।

Sagarmatha Cement
Muktinath Bikas Bank Limited

मन्त्रालयले पदमुक्तिको निर्णय सोही मितिदेखि लागू हुने गरी कार्यान्वयनमा ल्याइएको जनाएको छ। साथै सम्बन्धित निकायलाई आवश्यक जानकारी दिइसकिएको समेत स्पष्ट पारिएको छ।

स्वास्थ्य विज्ञान प्रतिष्ठान, अस्पताल तथा स्वास्थ्य संस्थाहरूमा सेवा प्रवाह अवरुद्ध नहोस् भन्ने उद्देश्यसहित मन्त्रालयले दैनिक प्रशासनिक कार्य, सेवा प्रवाह तथा प्राज्ञिक गतिविधि निरन्तर सञ्चालन गर्न सम्बन्धित निकायका प्रमुखहरूलाई जिम्मेवारी तोकेको छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.