• बिहीबार, आश्विन २,२०८२ 03:23:03
Global IME Bank Limited

लगानीकर्ताले सेयर धितो राखेर एक महिनामै लिए रु.१.४३ खर्ब लोन, कुनबाट कति ?

Hyundai Nepal
लगानीकर्ताले सेयर धितो राखेर एक महिनामै लिए रु.१.४३ खर्ब लोन, कुनबाट कति ?
Shivam Cement

काठमाण्डौ । सेयर लगानीकर्ताहरुले एक महिनामै बैंक तथा वित्तीय संस्थाहरुबाट सेयर धितो राखेर झण्डै डेढ खर्ब लोन लिएका छन् । नेपाल राष्ट्र बैंकका अनुसार चालु आवको साउन महिनामा १ खर्ब ४३ अर्ब ७३ करोड रुपैयाँ सेयर धितो कर्जा प्रवाह गरेका छन् ।

यो कर्जा प्रवाह गत आवको सोही अवधिसम्मको तुलनामा ५९.७८ प्रतिशत बढी हो । गत आवको पहिलो महिनामा बैंक तथा वित्तीय संस्थाहरुले ८९ अर्ब ९५ करोड ५३ लाख रुपैयाँ यस्तो कर्जा प्रवाह गरेका थिए ।  

अधिकांश बैंक तथा वित्तीय संस्थाले सेयर धितो कर्जा उल्लेख्य बढाएका छन् भने केही वित्तीय संस्थाको यस्तो कर्जा प्रवाह घटेको छ ।  

सो अवधिमा वाणिज्य बैंकहरुले मात्रै १ खर्ब २०  अर्ब ६१ करोड रुपैयाँ कर्जा प्रवाह गरेका छन् । जुन यो गत आवको सोही अवधिसम्मको तुलनामा ६८.२३ प्रतिशत बढी हो । गत आवको साउन महिनामा वाणिज्य बैंकहरुले ७१ अर्ब ६९ करोड ३१ लाख रुपैयाँ कर्जा प्रवाह गरेका थिए ।  

यो महिनामा सबैभन्दा बढी नबिल बैंकबाट यस्तो कर्जा प्रवाह भएको छ । लगानीकर्ताहरुले नबिलबाट मात्रै १६ अर्ब ५७ करोड रुपैयाँ सेयर धितो राखेर कर्जा लिएका छन् । जुन यो गत आवको सोही अवधिको तुलनामा ५४.६६ प्रतिशत बढी हो ।  

Shivam Cement
Bizshala
Muktinath Bikas Bank Limited

त्यस्तै, विकास बैंकहरुबाट पनि १९ अर्ब ६० करोड रुपैयाँ कर्जा प्रवाह भएको छ । यो कर्जा प्रवाह रकम गत आवको सोही अवधिसम्मको तुलनामा २५.८४ प्रतिशत बढी हो । गत आवको साउन महिनामा विकास बैंकहरुबाट १५ अर्ब ५८ करोड २१ लाख रुपैयाँ यस्तो कर्जा प्रवाह भएको थियो ।  

सो अवधिसम्म सिन्धु विकास बैंकबाहेक सबै बैंकको यस्तो कर्जा प्रवाह बढेको छ । सबैभन्दा बढी लोन प्रवाह गर्ने बैंकमा मुक्तिनाथ विकास बैंक रहेको छ । लगानीकर्ताहरुले मुक्तिनाथ विकास बैंकबाट आफ्नो सेयर धितो राखेर ३ अर्ब ८२ करोड रुपैयाँ लोन लिएका छन् ।  

त्यस्तै, फाइनान्स कम्पनीहरुको सेयर धितो कर्जा प्रवाह पनि १०.१८ प्रतिशतले बढेको छ । गत आवको साउन महिनामा लगानीकर्ताहरुले आफ्नो सेयर धितो राखेर फाइनान्स कम्पनीहरुबाट ३ अर्ब १८ करोड रुपैयाँ लोन लिएकोमा चालु आवको साउन महिनामा ३ अर्ब ५० करोड रुपैयाँ लोन लिएका छन् ।  

अधिकांश कम्पनीको यस्तो कर्जा प्रवाह गत आवको तुलनामा वृद्धि भएको छ भने केही कम्पनीको घटेको छ । पोखरा फाइनान्स, गुडविल फाइनान्स, श्री इन्भेष्टमेन्ट फाइनान्स, वेष्ट फाइनान्स, रिलायन्स फाइनान्स र समृद्धि फाइनान्सको यस्तो कर्जा प्रवाह घटेको छ ।  

साउनमा सबैभन्दा बढी सेयर धितो कर्जा प्रवाह गर्ने कम्पनीमा भने आइसीएफसी फाइनान्स रहेको छ । यो कम्पनीबाट ५२ करोड ६७ लाख रुपैयाँ सेयर धितो कर्जा प्रवाह भएको छ ।

 

IME remit
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.