• शुक्रबार, आश्विन ३,२०८२ 03:35:45
Global IME Bank Limited

बिपतमा क्षति व्यहोरेकाको घाउमा मल्हम लगाउन शिखर सधैं अगाडि, थाल्यो दाबीभुक्तानी

Hyundai Nepal
बिपतमा क्षति व्यहोरेकाको घाउमा मल्हम लगाउन शिखर सधैं अगाडि, थाल्यो दाबीभुक्तानी
Shivam Cement

काठमाण्डौ । हुलदङ्गा तथा प्राकृतिक र मानवसिर्जित बिपतमा हुने क्षतिको बीमा दाबी भुक्तानीमा सधैं अग्रणी भूमिका खेलिरहेको शिखर इन्स्योरेन्सले यो पटक पनि पुरानै शैलीमा अग्रसरता देखाएको छ ।  

जेनजी आन्दोलनका क्रममा पुगेको क्षतिको बीमा दाबी भुक्तानीमा कतिपय कम्पनीहरुले प्रारम्भिक प्रक्रियाहरु मात्र सुरु गरिरहँदा शिखरले भने सबै प्रक्रियाहरुलाई सहज र सरल बनाउँदै भुक्तानी नै थालेको हो । 

Shivam Cement
Bizshala
Muktinath Bikas Bank Limited

यो क्रममा बिहीबार कम्पनीले जेनजी आन्दोलनबाट क्षति व्यहोराका दुई बीमित पाटीलाई २२ लाख रुपैयाँभन्दा बढी दाबी भुक्तानी दिएको छ ।  

कम्पनीका डेपुटी जनरल म्यानेजर सुरज राजबाहकका अनुसार एउटा बीमितलाई साढे १३ लाख र अर्को एउटालाई ८ लाख ७५ हजार क्षतिको बीमा दाबी भुक्तानी दिइएको छ ।  

सुरज राजबाहक

'हामीले हिजै राष्ट्रनिर्माणमा सहयात्राको अभियान घोषणा गरेका थियौं । यो क्रममा दाबी भुक्तानीका हाम्रा प्रक्रियाहरुलाई अझ सरल र सहज बनाउने घोषणा भएकै थियो ।' उनले बिजशालासँग भने- 'घोषित नीतिअनुसार नै आन्दोलनका क्रममा ध्वस्त भएको राष्ट्रको पुनिर्माणमा हाम्रो कम्पनीले सहयात्राको थालनी बिहीबारदेखि नै गरेको छ । हामीले देशैभरका हाम्रा शाखाहरुलाई सक्रिय बनाएर बीमितहरुको सहज र सरल सेवाका लागि खटाएका छौं । कसैले बीमा दाबी भुक्तानीमा कुनै समस्या भोग्नुपर्ने छैन ।'  

उनकाअनुसार दाबी भुक्तानीका लागि आवेदनहरु आउने क्रम जारी रहेको र आइतबारदेखि भुक्तानीको गति अझ बढ्ने दाबी गरे ।  

हालसम्म शिखर इन्स्योरेन्समा आन्दोलनका क्रममा भएको क्षतिको करिब साढे २ अर्ब हाराहारीको दाबी भुक्तानीको आवेदन परेको छ । 

शिखरसहित १८ वटा बीमा कम्पनीमा करिब २१ अर्बको दाबी भुक्तानीको आवेदन परेको छ । यो आँकडा केही बढ्नसक्ने नेपाल बीमा प्राधिकरणले जनाएको छ ।  

निर्जीवन बीमा कम्पनीहरुले रिइन्स्योरेन्स कम्पनीमा दायीत्व सार्ने हुनाले यहाँ परेको सबै दाबीको भुक्तानीको सम्पूर्ण भार कम्पनीको हुँदैन । यसकारण अब पुनर्बिमा कम्पनीहरुले यी कम्पनीहरुलाई जतिसक्दो छिटो र सरल ढंगले भुक्तानी गर्छन्, यी कम्पनीहरुले पनि क्षति व्यहोराका बीमितले उसैगरी चाँडो भुक्तानी दिनसक्ने अवस्था देखिन्छ ।  

'हामीलाई यो क्रममा क्यास फ्लो म्यानेजमेन्टको चाहिँ समस्या हुनसक्छ ।' अर्को एक निर्जीवन बीमा कम्पनीका उच्च अधिकारीले भने- 'तर रिइन्स्योरेन्सले समयमै गरिदियो भने त्यसलाई समेत सहज बनाउन सकिन्छ ।'

IME remit
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.