शिखर इन्स्योरेन्सले गर्यो राष्ट्र पुनर्निर्माणमा सहयात्राको घोषणा
काठमाण्डौ । हरेक विपतहरुमा बीमितको हितलाई ध्यान दिई बीमा दाबीभुक्तानीमा उदाहरणीय काम गर्दै आएको देशकै अग्रणी निर्जीवन बीमा कम्पनी, शिखर इन्स्योरेन्सले जेनजी आन्दोलनका क्रममा ध्वस्त संरचनाहरुको पुनर्निर्माणका लागि समेत अग्रसरता लिंदै उदाहरणीय अभियान घोषणा गरेको छ । शिखर इन्स्योरेन्सले राष्ट्र पुनर्निर्माणमा शिखरको सहयात्रा अभियान घोषणा गरेको हो ।