मंगलवार, जेष्ठ ५,२०८३ 02:41:00
Bizshala
  • मंगलवार, जेष्ठ ५,२०८३ 02:41:00
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

शिखर इन्स्योरेन्सद्वारा सर्भेयर सम्मेलन सम्पन्न

Laxmi Sunrise Bank Limited
शिखर इन्स्योरेन्सद्वारा सर्भेयर सम्मेलन सम्पन्न
Shivam Cement

काठमाण्डौ । शिखर इन्स्योरेन्सले ‘नवीनतम जोखिम व्यवस्थापनमा सर्भेयरको भूमिका’ विष्यक सम्मेलन सम्पन्न गरेको छ । 

दाबी प्रक्रियालाई सरल, छिटो छरितो बनाई दाबी फछ्यौट गर्न सर्भेयरको अहम भुमिकालाई स्वतन्त्र, निस्पक्ष तथा प्रभावकारी बनाउन सहजिकरण गरी बीमा क्षेत्रको बिकास, सर्भेयरको पेशागत क्षमता अभिवृद्धि गर्न तथा बीमा क्षेत्रमा मर्यादित भई सर्भेयरको रुपमा निरन्तर सेवामा रही कार्य गर्ने व्यक्तित्वहरुलाई उनीहरुले पुर्याएको योगदानको कदर सहित सम्मान गर्न समेत कार्यकमको आयोजना गरिएको कम्पनीले जनाएको छ ।

नेपाल बीमा प्राधिकरणका प्रतिनिधि निर्देशक पुजन ढुङ्गेल, शाभ्राज लामिछाने, नेपाल बीमकसंघका अध्यक्ष चंकी क्षेत्री, बीमा क्षेत्रमा सर्भेयरको रुपमा कार्यरत करिब  १५० जना सर्भेयर तथा नेपला इन्स्योरेन्स सर्भेयर एसोसियसनबाट सम्पुर्ण पदाधिकारीहरु समेतको सहभागिता रहेको थियो। 

कार्यक्रमको कि नोट नेपाल बीमा प्राधिकरणका पुर्व अध्यक्ष प्राडा फत्त बहादुर केसिले प्रस्तुत गरेका थिए । कार्यक्रममा बिभिन्न सत्रमा विकसित नयाँ प्रविधि, विश्वव्यापी नविनतम मौसमी जोखिमहरु बिश्वव्यापी उष्णता लगायत अन्य महाविपत्तिको कारण सृजना भइरहेको जोखिमहरुको व्यवस्थानका लागि बीमा कम्पनी तथा सर्भेयरहरुले समेत आफ्नो भुमिकालाई सबल बनाउँदै जानुपर्नेमा जोड दिईएको थियो ।

Bizshala
New Office
CG Motors

कार्यक्रमको समापन समारोह नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्य प्रसाद सिलवालको प्रभुख आतिथ्यतामा, विशेष अतिथि कार्यकारी निर्देशक राजुरमण पौडेल, नेपाल बीमकसंघका अध्यक्ष चंकी क्षेत्रीको सहभागिता थियो । कार्यक्रममा नेपालको बीमा क्षेत्रमा सर्भेयरको रुपमा पच्चीस वर्ष भन्दा बढी कार्य गरी बीमा क्षेत्रमा योगदान पुर्याउने  नौ जना सर्भेयरलाई सम्मान गरिएको थियो।

सर्भेयरले पुऱ्याउनु भएको योगदानको उच्च कदर स्वरुप सम्मानित हुनु हुने वरिष्ठ सर्भेयरज्यूहरुलाई हार्दिक बाधाई ज्ञापन गर्दै योगदान तथा पेशागत निरन्तरताले नयाँ सर्भेयरलाई समेत प्ररेणा मिल्ने तथा सम्मेलन नविनतम जोखिमहरुबाट भविष्यमा बीमा क्षेत्रमा आई पर्न सक्ने चुनौतिको, सामनाका लागि कार्यक्रमले  पूर्व तयारीको रुपमा एउटा इटा थप्ने कम्पनीका प्रमुख कार्यकारी अधिकृत दिप प्रकाश पाण्डेले जानकारी गराए ।  

 नेपालमा बढ्दै गईरहेको विद्युतीय सवारी साधनको बढ्दो आकर्षण तथा प्रयोगलाई विद्युतिय सवारीको प्राविधिक विषय वस्तु सम्बन्धमा भएको प्रस्तुती तथा विद्युतिय गाडीको बीमा तथा बीमा दाबी सम्बन्धि भएको छलफलले आगामी दिनहरुमा विद्युतीय गाडीको बीमा दाबी व्यवस्थापनमा थप सहजिकरण हुने कम्पनीले जनाएको छ ।

 

 

Garima Development Bank
Shivam Cement
IME remit
Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.