आईतवार, जेष्ठ ३,२०८३ 10:27:31
Bizshala
  • आईतवार, जेष्ठ ३,२०८३ 10:27:31
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

वार्षिक औषत २७% लाभांश दिएको शिखर इन्स्योरेन्सको अबको यात्रा कस्तो ?

Laxmi Sunrise Bank Limited
वार्षिक औषत २७% लाभांश दिएको शिखर इन्स्योरेन्सको अबको यात्रा कस्तो ?
Shivam Cement

काठमाण्डौ । नेपालमा सञ्चालित निर्जीवन बीमा कम्पनीहरुमध्ये एक हो शिखर इन्स्योरेन्स कम्पनी । विसं २०६१ साल मंसिर २ गते निर्जीवन बीमा व्यवसाय सञ्चालन गर्न स्थापना भएको यो कम्पनी सबैभन्दा बढी व्यवसाय भित्र्याउने कम्पनीको रुपमा रहेको छ ।  

बीमा क्षेत्रमा विद्यमान सबै खालका चुनौतीहरुमा आफ्ना ग्राहकको आवश्यकताअनुसार निर्जीवन बीमा सेवा प्रदान गर्नु नै कम्पनीको उद्देश्य हो । ग्राहकको आवश्यकताअनुसार उत्पादनहरु ल्याउनु, बीमा क्षेत्रमा प्राविधिक जनशक्तिको तीव्र अभावको पूर्ति गर्नु, अन्तर्राष्ट्रिय स्तरसँग मेल खाने नयाँ उत्पादनहरु प्रस्तुत गर्नु र बजारभित्रै क्षमताहरु विकास गरी मूल्यवान रुपान्तरणीय विदेशी मुद्राको बाहिरिने क्रमलाई रोक्नु कम्पनीको लक्ष्य रहेको छ ।  

कम्पनीले स्वास्थ्य बीमा, मोटर बीमा, अटो प्लस इन्स्योरेन्स, ट्राभल मेडिकल इन्स्योरेन्स, कृषि बीमा, घर बीमा, दुर्घटना बीमा, हवाई बीमा, सामुन्द्रिक बीमा, र सम्पत्ति बीमा जस्ता २० भन्दा बढी बीमालेखहरु बिक्री गर्दै आइरहेको छ ।  

Bizshala
New Office
CG Motors

आधारभूत पक्षः  

यस आर्थिक वर्षको तेस्रो त्रैमासिक प्रतिबेदन अनुसार कम्पनीको चूक्ता पूँजी २ अर्ब ९२ करोड रुपैयाँ रहेको छ । जगेडा कोषमा २ अर्ब ६४ करोड रपैयाँ रहेको छ । कम्पनीको खुद नाफा २५ करोड ७० लाख रुपैंयाँ रहेको छ भने प्रतिसेयर आम्दानी १६.२९ रुपैंयाँ रहेको छ । बुक भ्यालु १९६ रुपैयाँ रहेको छ भने कम्पनीको रिर्टन अन इक्विटी ८.३२ गुणा रहेको छ । कम्पनीको ९ वर्षको वार्षिक औषत लाभांशदर २७ प्रतिशत रहेको छ ।  

प्राविधिक पक्षः  

इलिअट वेभ  

इलिअट वेभमा विभिन्न डिग्रीहरु हुने गर्छन् । त्यस्ता डिग्रीहरुले सानाठूला गरेर एक दिनदेखि एकसय वर्षसम्मको समय अवधिलाई प्रतिनिधित्व गर्छन् । इलिअट वेभमा मूल्य माथि जान पाँच फरक–फरक वेभ हुन्छन् भने तल जान ३ वेभ हुन्छन् ।  

माथि लाग्ने पाँच वेभमा पनि तीनवटा बढोत्तरीका र २ वटा सुधारका देख्न सकिन्छ । यसमा १, ३, ५ बढोत्तरीको हुन्छ भने २ र ४ मा करेक्सनको हुन्छ । वेभ ५ को करेक्सन वेभ ‘ए’ हो । वेभ ‘ए’, ‘बी’, ‘सी’ले मूल्य तथा सूचक तल जाने संकेत दिन्छ ।

यो आधारमा यो कम्पनी हाल वेभ २ को करेक्सनमा चल्दै गरेको देखिन्छ । कम्पनीको सेयरको मुल्य आगामी दिनमा २ देखि पाँचौं वेभसम्म चल्दा सेयरको भाउ १२ सयसम्म पुग्न सक्ने देखिन्छ ।  

फियर एण्ड ग्रिड इन्डेक्सको आधारमा  

यो कम्पनीको सेयर भाउ हाल फियर एण्ड ग्रिड इन्डेक्समा स्ट्रङ बियरिस सेन्टिमेन्टमा चलेको देखिन्छ । यो भनेको कम्पनीको सेयर भाउमा अधिक बिक्री दबाब रहेको छ भन्ने हो । यस्तो इन्डेक्समा यदि ० देखि २० सम्म चलेमा स्ट्रङ बियरिस , २० देखि ४० सम्म बियरिस र ४० देखि ६० सम्म न्यूट्रल , ६० देखि ८० सम्म बुलिस र ८० देखि १०० सम्म स्ट्रङ बुलिस सेन्टिमेन्ट रहेको मानिन्छ ।  

Garima Development Bank
Shivam Cement
IME remit

बोलिङ्गर ब्याण्ड , म्याक्डी र आरएसआई  

बोलिङ्गर ब्याण्डको आधारमा यो कम्पनीले हाल मध्य ब्याण्डमा प्रतिरोध सामना गरेको देखिन्छ । म्याक्डीमा यो कम्पनी हाल करिब बुलिस क्रसओभर नजिक देखिन्छ । हिस्टोग्राम नेगेटिभ रहेता पनि फिक्का र छोटा–छोटा हुँदै गएका छन् । आरएसआई ओभर सोल्ड जोनबाट फर्केर हाल ४१ को तहमा चलेको छ । मनी फ्लो इन्डेक्स हाल ओभर सोल्ड जोन १० मा पुगेको देखिन्छ । समग्रमा बिभिन्न इन्डिकेटरबाट नियाल्दा यो कम्पनीको सेयरभाउ ओभर सोल्ड जोनमा चलेको देखिन्छ ।  

पिभट् प्वइन्टः  

पिभट् विश्लेषणमार्फत सेयर तथा डेरिभेटिभको  अधिकतम, न्यूनतम र अन्तिम मूल्यलाई आधार मानी यसको भविष्यमा हुने मूल्यको उतारचढाव निकालिन्छ ।  

बढेमा प्रतिरोध  

प्रतिरोध ३ –८३७

प्रतिरोध २ – ८१४

प्रतिरोध १–७८२

पिभट् प्वइन्टः७५९

घटेमा सपोर्ट  

सपोर्ट १– ७२७

सपोर्ट २– ७०४

सपोर्ट  ३ –६७२

निष्कर्षः दोस्रो बजारमा आधरभूत रुपमा यो कम्पनी राम्रै देखिन्छ । चुक्तापूँजी बराबर नै जगेडा कोष देखिन्छ । अघिल्लो आर्थिक वर्षको यहि समय अवधिको तुलनामा कम्पनीको रिर्टन अन इक्विटी, प्रतिसेयर आम्दानी  र खुद मुनाफा घटेको देखिन्छ । प्राविधिक रुपमा कम्पनीको  मूल्यलाई विभिन्न इन्डिकेटरबाट नियाल्दा ओभर सोल्ड जोनमा चलेको देखिन्छ । यो कम्पनी लगानीकर्ताहरुको लागि मध्यकालिन र दीर्घकालिन लगानीको लागि उपयुक्त देखिन्छ ।  

नोटः सेयर बजारमा लगानी जोखिमपूर्ण हुन्छ । यो विश्लेषण कारोबारका लागि सिफारिस भने होइन ।  

Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.