• बिहीबार, आश्विन २,२०८२ 03:39:04
Global IME Bank Limited

शिखर इन्स्योरेन्सले गर्‍यो राष्ट्र पुनर्निर्माणमा सहयात्राको घोषणा

Hyundai Nepal
शिखर इन्स्योरेन्सले गर्‍यो राष्ट्र पुनर्निर्माणमा सहयात्राको घोषणा
Shivam Cement

काठमाण्डौ । हरेक विपतहरुमा बीमितको हितलाई ध्यान दिई बीमा दाबीभुक्तानीमा उदाहरणीय काम गर्दै आएको देशकै अग्रणी निर्जीवन बीमा कम्पनी, शिखर इन्स्योरेन्सले जेनजी आन्दोलनका क्रममा ध्वस्त संरचनाहरुको पुनर्निर्माणका लागि समेत अग्रसरता लिंदै उदाहरणीय अभियान घोषणा गरेको छ ।  

शिखर इन्स्योरेन्सले राष्ट्र पुनर्निर्माणमा शिखरको सहयात्रा अभियान घोषणा गरेको हो । 

Shivam Cement
Bizshala
Muktinath Bikas Bank Limited

कम्पनीमा आफ्नो संरचना, गाडी तथा सम्पत्तिको बीमा गराएका बीमितहरुले भदौ २३ र २४ गते भएका क्षति हानीनोक्सानको बीमालेख बमोजिम सरल र छरितो तवरबाट यथाशक्य दाबी भुक्तानीका लागि कम्पनी प्रतिबद्ध रहेको घोषणा समेत शिखरले गरेको छ ।  

नेपाल बीमा प्राधिकरणबाट जारी हुने निर्देशिका तथा निर्देशनको अधिनमा रही हुने बीमा दाबी प्रक्रियाका लागि भन्दै शिखरले केन्द्रीय कार्यालय र सातै प्रदेशका सम्पर्क व्यक्ति, सम्पर्क नम्बर तथा इमेल समेत शिखरले सार्वजनिक गरेको छ । 

भदौ २३ र २४ गतेको विध्वंशपछि बीमा दाबी भुक्तानी प्रक्रियालाई सरल र सहज बनाउन यसरी सम्पर्क व्यक्तिसहितको विवरण सार्वजनिक गर्ने शिखर पहिलो निर्जीवन बीमा कम्पनी पनि हो ।  

त्यसो त गत वर्षको बाढीपहिरोबाट भएको क्षतिको बीमा दाबी भुक्तानी पनि सबैभन्दा बढी शिखरबाटै भएको थियो ।  

भूकम्पका बेला समेत शिखरको दाबीभुक्तानी अरुको भन्दा सरल र सहज थियो । दाबी भुक्तानीको फछ्र्यौट प्रतिशत समेत अरुको तुलनामा शिखरको निकै अगाडि रहेको छ ।  

IME remit
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.