सोमबार, जेष्ठ ४,२०८३ 09:57:24
Bizshala
  • सोमबार, जेष्ठ ४,२०८३ 09:57:24
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

इजरायलमा २३ सय नेपाली केयरगिभर लैजाने तयारी

Laxmi Sunrise Bank Limited
इजरायलमा २३ सय नेपाली केयरगिभर लैजाने तयारी
Shivam Cement

काठमाण्डौ। इजरायलले दीर्घकालीन स्याहार केन्द्रमा काम गर्ने नेपाली केयरगिभरको माग पुनः बढाएको छ । नेपाल–इजरायलबीचको सरकारी संयन्त्र (जिटुजी) श्रम सम्झौताअनुसार इजरायलले नेपालबाट थप २ हजार ३०० सहायक श्रमिक लैजाने प्रक्रिया अगाडि बढाएको हो ।

वैदेशिक रोजगार विभागका अनुसार इजरायलको जनसङ्ख्या तथा अध्यागमन प्राधिकरणबाट नयाँ कोटा प्राप्त भइसकेको छ भने तेस्रो चरणको श्रमिक छनोटका लागि सार्वजनिक सूचना जारी गर्ने अन्तिम तयारी भइरहेको छ । विभागले मन्त्रालयबाट आवश्यक निर्देशनसमेत प्राप्त गरिसकेको जनाएको छ ।

Bizshala
New Office
CG Motors

यसअघि पश्चिम एसियामा बढेको तनाव र नेपालमा सम्पन्न प्रतिनिधिसभा निर्वाचनका कारण भर्ती प्रक्रिया केही समय रोकिएको थियो । श्रम सम्झौताअनुसार मागपत्र प्राप्त भएको ४० दिनभित्र भर्ती प्रक्रिया सार्वजनिक गर्नुपर्ने व्यवस्था भए पनि विभिन्न परिस्थितिका कारण प्रक्रिया ढिलो भएको बताइएको छ ।

इजरायलमा नेपाली केयरगिभरको रोजगारी पछिल्लो समय आकर्षक वैदेशिक रोजगारीको रूपमा स्थापित हुँदै गएको छ । उच्च तलब, सुरक्षित कार्य वातावरण र कानुनी श्रम प्रणालीका कारण युवाहरूको आकर्षण बढ्दो छ ।

Garima Development Bank
Shivam Cement
IME remit

अघिल्लो चरणमा ३ हजार २६२ जना सूचीकृत भएकामध्ये लक्की ड्रमार्फत २ हजार ११२ जना छनोट भएका थिए । तीमध्ये १ हजार ९ जना इजरायल पुगिसकेका छन् । लक्की ड्रमा छनोट हुन नसकेका १ हजार १५४ जनालाई यसपटक पुनः सहभागी हुने अवसर दिइने विभागले जनाएको छ ।

इजरायल जान इच्छुक श्रमिकले अनिवार्य रूपमा अंग्रेजी भाषा परीक्षा उत्तीर्ण गर्नुपर्नेछ । साथै उमेर, तौल, स्वास्थ्य तथा प्राविधिक योग्यतासम्बन्धी मापदण्ड पनि कडाइका साथ लागू गरिने भएको छ ।

आवेदक २५ देखि ४५ वर्ष उमेर समूहको हुनुपर्नेछ भने कम्तीमा ४५ किलोग्राम तौल हुनुपर्ने प्रावधान छ । शैक्षिक रूपमा कम्तीमा एसईई उत्तीर्ण गरी अनमी वा सीएमएससम्बन्धी १५ महिने अध्ययन पूरा गरेको वा कक्षा १२ उत्तीर्ण गरी मान्यताप्राप्त संस्थाबाट तीन महिने केयरगिभिङ तालिम लिएको हुनुपर्ने व्यवस्था कायम छ ।

Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited

यो पनि हेर्नुहोस

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.