आईतवार, जेष्ठ ३,२०८३ 01:48:44
Bizshala
  • आईतवार, जेष्ठ ३,२०८३ 01:48:44
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

सेयरबजारमा शिखर इन्स्योरेन्सको रु.४५ करोड लगानी, नेपाल रि को सेयरमा मात्रै ३६%

Laxmi Sunrise Bank Limited
सेयरबजारमा शिखर इन्स्योरेन्सको रु.४५ करोड लगानी, नेपाल रि को सेयरमा मात्रै ३६%
Shivam Cement

काठमाण्डौ । शिखर इन्स्योरेन्स कम्पनीले सूचीकृत कम्पनी अर्थात सेयरबजारमा ४५ करोड रुपैयाँ भन्दा बढी लगानी गरेको छ । कम्पनीले गत आर्थिक वर्षमा ५९ वटा कम्पनीको सेयरमा ४५ करोड ११ लाख ८७ हजार रुपैयाँ लगानी गरेको छ ।  

उक्त लगानी अघिल्लो आवको तुलनामा ५.९२ प्रतिशतले बढी हो । आव २०७८÷७९ मा कम्पनीले सेयरबजारमा ५८ वटा कम्पनीको सेयरमा कुल ४२ करोड ५९ लाख ७० हजार रुपैयाँ लगानी गरेको थियो ।  

गत आवमा मात्रै कम्पनीले पाँचवटा कम्पनीको संस्थापक सेयरमा समेत ठूलो लगानी गरेको छ । प्रभु बैंक, कुमारी बैंक, नेपाल इन्भेष्टमेन्ट मेगा बैंक, एचआइडीसीएल र सेन्ट्रल फाइनान्सको प्रोमोटर सेयरमा मात्रै कम्पनीले १७ करोड ७५ लाख रुपैयाँ लगानी गरेको छ । जुन यो अघिल्लो आवको तुलनामा १९.६९  प्रतिशतले बढी हो ।  

अघिल्लो आवमा भने कम्पनीले प्रभु बैंक, नेपाल इन्भेष्टमेन्ट मेगा बैंक र सेन्ट्रल फाइनान्सको प्रोमोटर सेयरमा मात्रै १४ करोड ८३ लाख रुपैयाँ लगानी गरेको थियो ।  

गत आवमा कम्पनीले सर्वाधिक नेपाल रि इन्स्योरेन्सको सेयरमा मात्रै १६ करोड २२ लाख रुपैयाँ लगानी गरेको छ । यो रकम कुल लगानीको ३५।९६ प्रतिशत हिस्सा हो । अर्थात् कुल लगानीको ३६ प्रतिशत रकम नेपाल रि इन्स्योरेन्समा मात्रै लगानी गरेको छ ।  

अघिल्लो आवको तुलनामा नेपाल रि को सेयरमा लगानी ०.२८ प्रतिशतले बढाएको छ । सो आवमा कम्पनीले १६ करोड १८ लाख रुपैयाँ लगानी गरेको थियो ।  

Bizshala
New Office
CG Motors

क्षेत्रगत अनुसार कम्पनीले सर्वाधिक वाणिज्य बैंकहरुको सेयरमा लगानी गरेको छ । गत आवमा १६ वटा वाणिज्य बैंकको साधारण सेयरमा ४ करोड ७० लाख रुपैयाँ लगानी गरेको छ । जुन यो अघिल्लो आवको तुलनामा ३.१७ प्रतिशतले बढी हो । सो आवमा कम्पनीले उक्त बैंकको सेयरमा ४ करोड ५५ लाख रुपैयाँ लगानी गरेको थियो । सबैभन्दा बढी एभरेष्ट बैंकको सेयरमा मात्रै १ करोड १६ लाख रुपैयाँ लगानी गरेको छ ।  

त्यस्तै, शिखर इन्स्योरेन्सले ४ वटा विकास बैंकको सेयरमा ७४ लाख ५९ हजार रुपैयाँ लगानी गरेको छ । यो लगानी भने अघिल्लो आवको तुलनामा ६.१६ प्रतिशतले कम हो । अघिल्लो आवमा ४ वटा विकास बैंकको सेयरमा कम्पनीले ७९ लाख ४९ हजार रुपैयाँ लगानी गरेको थियो ।  

यसका साथै कम्पनीले १४ वटा लघुवित्त संस्थाको सेयरमा कुल १ करोड १ लाख रुपैयाँ लगानी गरेको छ । यो लगानी अघिल्लो आवको तुलनामा ३१.६३ प्रतिशतले कम हो । लघुवित्त संस्थाहरुमा लाभांश क्षमता घट्दै गएपछि शिखर इन्स्योरेन्सले यस्ता कम्पनीको सेयरमा लगानी घटाएको छ । अघिल्लो आवमा कम्पनीले लघुवित्त संस्थाको साधारण सेयरमा १ करोड ४८ लाख ९८ हजार रुपैयाँ लगानी गरेको थियो ।  

त्यस्तै, कम्पनीले ९ वटा बीमा कम्पनीको सेयरमा १ करोड ७३ लाख ६० हजार रुपैयाँ लगानी गरेको छ । यो लगानी अघिल्लो आवको तुलनामा ०।९४ प्रतिशतले बढी हो । सो वर्षमा कम्पनीले १ करोड ७१ लाख ९९ हजार रुपैयाँ बीमा कम्पनीको सेयरमा लगानी गरेको थियो ।  

हाइड्रोपावरमा पनि कम्पनीले ४।५० प्रतिशतले लगानी बढाएका छ । गत आवमा ७ वटा हाइड्रोपावरको सेयरमा ३० लाख ६८ हजार रुपैयाँ लगानी गरेको छ । अघिल्लो आवमा भने ५ वटा जलविद्युत कम्पनीको सेयरमा २९ लाख ३६ हजार रुपैयाँ लगानी गरेको थियो ।  

Garima Development Bank
Shivam Cement
IME remit
Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.