सोमबार, जेष्ठ ४,२०८३ 07:54:02
Bizshala
  • सोमबार, जेष्ठ ४,२०८३ 07:54:02
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

काभा महिला भलिबल क्लबको विजेतालाई शिखर इन्स्योरेन्सबाट नगदसहित सम्मान

Laxmi Sunrise Bank Limited
काभा महिला भलिबल क्लबको विजेतालाई शिखर इन्स्योरेन्सबाट नगदसहित सम्मान
Shivam Cement

काठमाण्डौ । शिखर इन्स्योरेन्स कम्पनीले मंगलबार काभा महिला भलिबल क्लब च्याम्पियनसिपको उपाधि विजेता नेपाल पुलिस क्लबलाई नगदसहित सम्मान गरेको छ।  

माल्दिभ्समा भएको प्रतियोगिताको उपाधि जितेर पुलिस टोली सोमबार स्वदेश फर्केको थियो। 

Bizshala
New Office
CG Motors

च्याम्पियन टोलीका खेलाडी, प्रशिक्षक, अफिसियललाई गरी १६ जनालाई जनही ५० हजार १ रुपैयाँसहित सम्मान गरिएको हो।  

साथै सम्पूर्ण खेलाडीको २ लाख बराबरको हेल्थ इन्स्योरेन्ससमेत गरिदिने शिखर इन्स्योरेन्सले घोषणा गरेको छ। 

च्याम्पियनसिपमा विधागत उत्कृष्ट भएबापत तीन खेलाडीलाई थप ५० ५० हजार प्रदान गरिएको थियो।  

उषा भण्डारी मोस्ट भ्यालुएबल प्लेयर र उत्कृष्ट आउटसाइड हिटर बनेकी थिइन्। उनले थप एक लाख पाइन्।  

Garima Development Bank
Shivam Cement
IME remit

उत्कृष्ट मिडल ब्लकर सुमित्रा रेग्मी र उत्कृष्ट लिबेरो शान्तिकला तामाङले थप ५० ५० हजार पाएका थिए।  

मुख्य प्रशिक्षक रुपेश विष्ट र सहायक प्रशिक्षक सुशीला थापाले पनि ५० हजारसहित सम्मान थापे।  

च्याम्पियन खेलाडीलाई शिखर इन्स्योरेन्सका अध्यक्ष गौरव अग्रवाल, सीईओ दीपप्रकाश पाण्डेलगायतले सम्मान प्रदान गरेका थिए।  

सीईओ पाण्डेले यो सम्मानको सुरुआतमात्र भएको र यसले नेपाली भलिबललाई थोरै भए पनि सहयोग हुने विश्वास व्यक्त गरेका थिए।  

माल्दिभ्सको मालेमा शनिबार सम्पन्न च्याम्पियनसिपको फाइनलमा अपराजित रहेको पुलिसले उज्वेकिस्तानको हुमो क्लबलाई ३ ० को सोझो सेटमा हराएको थियो।

Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.