आईतवार, जेष्ठ ३,२०८३ 04:02:33
Bizshala
  • आईतवार, जेष्ठ ३,२०८३ 04:02:33
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

शिखर इन्स्योरेन्सले पायो अन्तर्राष्ट्रिय गुणस्तर ISO/IEC 27001:2022 प्रमाणपत्र

Laxmi Sunrise Bank Limited
शिखर इन्स्योरेन्सले पायो अन्तर्राष्ट्रिय गुणस्तर ISO/IEC 27001:2022 प्रमाणपत्र
Shivam Cement

काठमाण्डौ । शिखर इन्स्योरेन्सले सूचना सुरक्षा व्यवस्थापन प्रणालीको अन्तर्राष्ट्रिय गुणस्तर ISO/IEC 27001:2022 को प्रमाणपत्र प्राप्त गरेको छ । यस उपलब्धिले कम्पनीको संवेदनशील जानकारीको सुरक्षा, जोखिम व्यवस्थापन, तथा सूचना सुरक्षा प्रणालीप्रति उच्च प्रतिबद्धता दर्शाउँछ ।  

प्रमाणपत्रले शिखर इन्स्योरेन्सको प्रणाली, सूचना सुरक्षा, नीति, र कार्यपद्धतिहरूले विश्वस्तरीय मापदण्डहरू पूरा गरेको पुष्टि गर्ने कम्पनीले जनाएको छ ।

Bizshala
New Office
CG Motors

ISO/IEC 27001:2022 ले कम्पनीको सूचना प्रणालीको व्यवस्थापन, कार्यान्वयन तथा निरन्तर सुधार तथा कम्पनीको जोखिम व्यवस्थापन नीतिमा कम्पनीको प्राथमिकता पुष्टि गर्ने समेत कम्पनीको भनाई छ । शिखर इन्स्योरेन्स साइबर सुरक्षालगायत हरेक किसिमको नविनतम जोखिमको व्यवस्थापन तथा निरन्तर सुधारमा सदैव अग्रसर रहँदै आइरहेको कम्पनीले जनाएको छ । 

Garima Development Bank
Shivam Cement
IME remit

यस सूचना प्रविधिको युगमा कम्पनीको सुचना प्रणालीको सुरक्षा तथा ग्राहकहरुले प्रदान गर्ने हरेक सूचनाको गोपनियता तथा सुरक्षा कायम गर्नुका साथै साइबर रिस्कको व्यवस्थापन गरी कम्पनीको सेवाको निरन्तरतालाई कायम गर्नु महत्वपूर्ण पाटोका रुपमा रहेको छ ।

ISO/IEC 27001:2022 ले कम्पनीको सुचना प्रणालीको सुरक्षा तथा कम्पनीको ग्राहकहरुको गोप्य सूचनाको सुरक्षाका साथै कम्पनीबाट प्रदान हुने उच्चस्तरको गुणस्तरीय सेवाको निरन्तरताको प्रत्याभुति प्रदान गर्ने समेत कम्पनीको धारणा छ । यसले कम्पनीप्रति कम्पनीका ग्राहकहरूको थप विश्वास बढाउने विश्वास गरिएको छ ।  

Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.