काठमाण्डौ । लक्ष्मी इन्टरकन्टिनेन्टल प्रा. लि., नेपालका लागि ह्युन्डाई गाडीको आधिकारिक वितरकले ‘दशैं–तिहार, १० गुणा उपहार’ अफरअन्तर्गतको पहिलो ग्राण्ड विजेताको घोषणा गरेको छ।
धनगढीका अभिषेक चौधरीले ह्युन्डाई क्रेटा खरिद गरी सो अफरअन्तर्गतको स्क्र्याच कार्डमार्फत रु. १० लाख जित्दै पहिलो भाग्यशाली ग्राहक बन्न सफल भएका छन्।
भदौ २, २०८२ देखि सुरु भएको यस अफरअन्तर्गत ग्राहकहरूले अधिकतम ८ लाख रुपैयाँसम्म नगद छुट, १० लाख रुपैयाँसम्मको स्क्र्याच कार्ड पुरस्कार, २० हजार रुपैयाँसम्मको लोयल्टी बोनस, साथै १ वर्षसम्मको निःशुल्क कम्प्रिहेन्सिभ इन्स्योरेन्स र सडक कर पाउने सुविधा पाउनेछन्। साथै, प्रत्येक ह्युन्डाई गाडीमा ३ वर्षको वारेन्टी र ६ वर्षसम्मको निःशुल्क सर्भिसिङ सुविधा उपलब्ध हुनेछ।
ह्युन्डाई नेपालले अभिषेक चौधरीलाई हार्दिक बधाई दिँदै सम्पूर्ण ग्राहकलाई नजिकैको ह्युन्डाई शोरुममा पुगेर ‘दशैं–तिहार, १० गुणा उपहार’ अफरको लाभ लिन निम्तो दिएको छ।