काठमाण्डौ । कामना सेवा विकास बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत झापा, बिर्तामोड स्थित मेची आँखा अस्पताललाई २ थान वाटर प्यूरिफायर र ४ थान मोबाइल चार्जिङ स्टेशन हस्तान्तरण गरेको छ ।
बैंकका कोशी प्रदेश प्रमुख खिमलाल भुसालले अस्पतालका वरिष्ठ प्रशासन अधिकृत प्रशान्त श्रेष्ठलाई वाटर प्यूरिफायर र मोबाइल चार्जिङ स्टेशन हस्तान्तरण गरेका हुन् ।
बैंकको यस सहयोगबाट अस्पतालमा सेवा लिन आउने सबै वर्गका बिरामीहरु लाभान्वित हुने तर विशेषगरी आर्थिक रुपमा कमजोर तथा विपन्न वर्गका सेवाग्राहीहरुका लागि यो सुविधाले उपचार प्रक्रियामा सहजता ल्याउने विश्वास वरिष्ठ प्रशासन अधिकृत श्रेष्ठले व्यक्त गरे ।