शुक्रबार, श्रावण १,२०८३ 07:07:33
Bizshala
  • शुक्रबार, श्रावण १,२०८३ 07:07:33
Bizshala
Global IME Bank Limited

हिमालयन बैंकमा रहेको हबिब बैंकको सेयर किन्न नेशनल लाइफलाई राष्ट्र बैंकको स्वीकृती

हिमालयन बैंकमा रहेको हबिब बैंकको सेयर किन्न नेशनल लाइफलाई राष्ट्र बैंकको स्वीकृती
New Office

काठमाण्डौ । नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले हिमालयन बैंकमा रहेको पाकिस्तानको हबिब बैंकको सेयर खरिद गर्नका लागि नेपाल राष्ट्र बैंकबाट स्वीकृती पाएको छ । नेशनल लाइफलाई सेयर खरिदका लागि राष्ट्र बैंकले आज स्वीकृती दिने निर्णय गरेको हो ।  

उच्च स्रोतका अनुसार कम्पनीलाई सेयर खरिदका लागि अनुमतिपत्र भने आइतबार मात्रै पठाईने छ । यससँगै नेशनल लाइफलाई हिमालयन बैंकमा रहेको पाकिस्तानको हबिब बैंकको सेयर खरिद गर्ने बाटो खुल्नेछ । 

नेपाल बीमा प्राधिकरणबाट अनुमति पाएसँगै सेयर खरिदका लागि यसअघि नै सम्झौता भईसकेको थियो । सम्झौतापश्चात अन्तिम स्वीकृतीका लागि उक्त प्रस्ताव नेपाल राष्ट्र बैंक समक्ष पेश गरिएको थियो । जसलाई राष्ट्र बैंकले हरियो झण्डा देखाएको हो ।  

हिमालयन बैंकले प्रतिकित्ता ११२.८० रुपैयाँका दरले सेयर बिक्रीका लागि गत जेठ महिनामा सूचना जारी गरेको थियो । जसलाई हिमालयन रि इन्स्योरेन्सले खरिद गर्ने प्रयास गरेको थियो । तर संस्थापक सेयरधनी नै सेयर खरिद गर्न अग्रसर भएका कारण हिमालयन रि इन्स्योरेन्सको उक्त योजना तुहिएको थियो ।  

हबिब बैंकले आफ्नो स्वामित्वमा रहेको सेयर २०७६ सालमा नै बिक्री गर्ने प्रयास गरेको थियो। सो समय बेलायतको कमनवेल्थ डेभलपमेन्ट कर्पोरेसन ग्रुप (सिडिसी) ले सेयर खरिद गर्ने पक्का भएको थियो। तर सो समय बैंककै एक सञ्चालकबाट अवरोध भएपछि सफल हुन सकेको थिएन। पछि कर्मचारी सञ्चय कोषले समेत सो सेयर किन्ने बताएको भए पनि सो प्रयास समेत सफल हुन सकेन।  

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.