बिहीबार, असार ३२,२०८३ 10:37:06
Bizshala
  • बिहीबार, असार ३२,२०८३ 10:37:06
Bizshala
Global IME Bank Limited

आजबाट सुरु भयो एमएडब्लु वृद्धिको एक्सचेन्ज मेला, ग्राहकको उत्साहकजनक सहभागिता

आजबाट सुरु भयो एमएडब्लु वृद्धिको एक्सचेन्ज मेला, ग्राहकको उत्साहकजनक सहभागिता
New Office

काठमाण्डौ । नेपालको अग्रणी अटोमोबाइल समूह एमएडब्लु वृद्धिले आजबाट काठमाण्डौ गैरीधारास्थित एलिस रिसेप्सन र देशभरका दिपल, नामीर सेरेसका आधिकारिक सोरुमहरुमा चाडवाड लक्षित मेगा एक्सचेन्ज कार्निभल सुरु गरेको छ ।

आइतबारसम्म चल्ने यो एक्सचेन्ज मेलाको पहिलो दिन ग्राहकहरुको उत्साहजनक सहभागिता रहेको छ । ग्राहकहरु दिपल, अवतार, नामीर सेरेसका इभीहरुमा ग्राहक झुमिरहेका थिए । 

त्यसैगरी, रोबोटका क्रियाकलाप र रेसिङ सिमुलेटरहरुले पनि भीडलाई आकर्षित गरेको थियो भने साना केटाकेटीहरु विभिन्न खेलमा रमाइरहेका थिए ।

एक्सचेन्ज मेलामा ग्राहकहरुले आफ्ना पुराना गाडीहरु साटेर सबैभन्दा स्टाइलिस र टेक्नोलोजिकल्ली एड्भान्स्ड इभीमा अपग्रेड गर्ने सक्नेछन् । काठमाण्डौमा आयोजना हुने मुख्य कार्यक्रममा ग्राहकले दिपल, अवतार, नामीर सेरेस जस्ता नेपालका शिर्ष इभी ब्रान्डका चर्चित मोडलहरु एउटै स्थानमा अवलोकन गर्न र टेस्ट ड्राइभ गर्न पाउनेछन् ।

ग्राहकहरुले एक्सचेन्ज मेलामा नेपालका शीर्ष पाँच रिकन्डिसन हाउसमार्फत् आफ्ना पुराना गाडीहरुको सर्वोत्कृष्ट मूल्यांकन गराउन सक्नेछन् । यसका साथै, ग्राहकले एक्सचेन्जमा बोनस र नगद छुट पनि पाउनेछन्, जसबाट निश्चित मोडेलहरुमा अधिकतम १५ लाख रुपैयाँसम्मको लाभ पाउन सक्नेछन् ।  यो कार्यक्रममा बुकिङ गर्ने हरेक ग्राहकले नगरकोटस्थित प्रिमियम रिसोर्टमा एक जोडीले नाइट स्टेको पनि अफर पाउनेछन् ।

एक्सचेन्ज कार्निभलमा पहिलो पटक अल्ट्रा प्रिमियम इलेक्ट्रिक एसयुभी अवतारलाई टेस्ट ड्राइभ गर्न सक्नेछन् । काठमाण्डौ बाहेक नेपालभरका दिपल, नामीर सेरेसका सम्पूर्ण सोरुममा पनि एक्सचेन्ज कार्निभल आयोजना हुनेछ, जहाँ ग्राहकले एक्सचेन्ज सुविधा, नगद छुट र अन्य धेरै अफर पाउनेछन् ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.