सोमबार, जेष्ठ ४,२०८३ 04:16:22
Bizshala
  • सोमबार, जेष्ठ ४,२०८३ 04:16:22
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

अब स्विच अफ भएपनि हराएको मोबाइल खोज्न सकिने,एन्ड्रोइड १५ मा आउँदैछ यस्तो नयाँ फिचर्स

Laxmi Sunrise Bank Limited
अब स्विच अफ भएपनि हराएको मोबाइल खोज्न सकिने,एन्ड्रोइड १५ मा आउँदैछ यस्तो नयाँ फिचर्स
Shivam Cement

काठमाण्डौ । गुगलले यहि वर्ष आयोजना हुन लागेको आफ्नो ‘एनुअल डेभलपर्स कन्फ्रेन्स गुगल आई÷ओ २०२४’को मिति तय गरेको छ । प्रत्यके वर्ष जस्तै यस वर्ष पनि गुगलले नयाँ एन्ड्रोइड भर्जन लञ्च गर्नेछ । जसको नाम एन्ड्रोइड १५ हुनेछ । मिडया रिपोर्टसका अनुसार यो अपडेटपश्चात प्रयोगकर्ताले मोबाइल  स्विच अफ भएपनि फोनलाई ट्रयाक गर्न सक्छन् ।  

एन्ड्रोइड फोनमा हुने ‘फाइन्ड माई फोन डिभाइस’प्रणालीको आफ्नै सीमाहरु छन् । एन्ड्रोइड पुलिस रिपोर्टका अनुसार अब गूगलले नयाँ फाइन्डिङ एपीआई लञ्च गर्न सक्छ । जसबाट डिभाइस डिसकनेक्ट भएपनि त्यसलाई सर्च गर्न सहयोग हुनेछ ।  

Bizshala
New Office
CG Motors

वर्तमानको फाइन्ड माई डिभाइस नेटवर्कले केवल सक्रिय एन्ड्रोइड र वियर ओएस डिभाइसलाई मात्रै ट्रयाक गर्न सक्छ । तर अब भने यसलाई परिष्कृत गरिने भएको छ । अब इन्टरनेट कनेक्सन नहँदा पनि हराएको मोबाइल खोज्न सकिने छ ।  

अब आउने फिचर्सका लागि विशेष हार्डवेयरको आवश्कता पर्नेछ । जसले विशेष गरेर मोबाइल स्वीच अफ भएका बेला ब्लूटुथ कन्ट्रोलरलाई पावर प्रदान गर्नेछ । यसका साथै स्मार्टफोनमा एउटा सानो रिजर्व ब्याट्री पनि राखिनेछ । जनु यो फिचरका लागि काममा आउनेछ ।  

रिपोर्टका अनुसार सबैभन्दा पहिले यो फिचर गूगल पिक्सेल ९ सीरीजका लागि लागू हुनेछ । जुन फोन यहि वर्ष लञ्च हुन लागेको छ । यसपश्चात यो फिचर्स अन्य मोबाइलमा विस्तार हुने जनाइएको छ ।  -एजेन्सी

Garima Development Bank
Shivam Cement
IME remit
Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.