शुक्रबार, श्रावण १,२०८३ 05:39:40
Bizshala
  • शुक्रबार, श्रावण १,२०८३ 05:39:40
Bizshala
Global IME Bank Limited

बिर्तामोडमा डोंगफेङ नामीको शोरूम उद्घाटन, टेस्ट ड्राइभ र एक्सचेन्ज क्याम्पपनि सुरु

बिर्तामोडमा डोंगफेङ नामीको शोरूम उद्घाटन, टेस्ट ड्राइभ र एक्सचेन्ज क्याम्पपनि सुरु
New Office

काठमाण्डौ । डोंगफेङ नामीको अधिकृत आयातकर्ता एमएडब्लू वृद्धि मोटर्स प्रालिले बिर्तामोडमा आफ्नो नयाँ अत्याधुनिक शोरूमको उद्घाटन गरेको छ। यो  कदम नेपालभर आफ्नो सञ्जाल विस्तार गर्ने कम्पनीको प्रतिबद्धतामा एक महत्वपूर्ण उपलब्धि भएको कम्पनीले जनाएको छ ।  

साथै, यसले ग्राहकहरूको आवश्यकता पूरा गर्ने उद्देश्यलाई पनि बलियो बनाएको कम्पनीको भनाई छ ।  

उद्घाटन कार्यक्रममा प्रमुख अतिथि बलराम थापा, झापा उद्योग वाणिज्य संघका संस्थापक सदस्य, प्रशन्न पन्त, एमएडब्लू वृद्धि मोटर्सका सीईओसाथै सञ्चारकर्मी, ग्राहक, व्यवसायी र उद्योग वाणिज्य क्षेत्रका प्रतिनिधिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

बिर्तामोडको केन्द्रमा अवस्थित नयाँ शोरूमले आगन्तुकहरूलाईडोंगफेंगर सेरेसका नवीनतम ईभी मोडेलहरूको इमर्शिभ अनुभव प्रदान गर्नेछ। ग्राहक अनुभवलाई ध्यानमा राखेर डिजाइन गरिएको शोरुममा प्रशिक्षित कर्मचारीहरूको टोली व्यक्तिगत परामर्श, जानकारी तथा टेस्ट ड्राइभ सेवा प्रदान गर्न सधैं तयार रहने जनाइएको छ।  

बिर्तामोडमा टेस्ट ड्राइभ र एक्सचेन्ज क्याम्प

शोरूम उद्घाटनको अवसरमा एमएडब्लू वृद्धिले कार्तिक २९ देखि १ मंसिर गतेसम्म बिर्तामोड, चारपानेमा अवस्थित डोङ्गफेङ्ग नामी शोरुममा तीन दिने टेस्ट ड्राइभ र एक्सचेन्ज क्याम्पपनि आयोजना गर्न लागेको छ। 

यस अवधिमा, ग्राहकहरूले नामी ०१, नामी भिगो तथा सेरेस ईभी खरीद वा एक्सचेन्ज गर्न सक्नेछन्। यस कार्यक्रममा नामी ०१ विशेष उत्सव मूल्यमा, नामी भिगो नाडा मूल्यमा र सेरेस अधिकतम ६ लाख रुपैयाँसम्मको फाइदा उपलब्ध हुनेछ। ग्राहकहरूले उत्कृष्ट मूल्याङ्कन र एक्सचेन्ज बोनस प्राप्त गर्नुका साथै प्रत्येक टेस्ट ड्राइभमाउपहारपनि पाउनेछन्।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.