शनिबार, श्रावण २,२०८३ 04:32:36
Bizshala
  • शनिबार, श्रावण २,२०८३ 04:32:36
Bizshala
Global IME Bank Limited

बीवाईडीको फ्ल्यास चार्जिङ प्रविधिः ५ मिनेटमै ४०० किलोमिटर रेन्जको दाबी

बीवाईडीको फ्ल्यास चार्जिङ प्रविधिः ५ मिनेटमै ४०० किलोमिटर रेन्जको दाबी
New Office

काठमाण्डौ । विद्युतीय कार किन्न चाहने उपभोक्ताहरूलाई लामो समयदेखि सताइरहेको सबैभन्दा ठूलो प्रश्न थियो—चार्जिङमा लाग्ने लामो समय। यही समस्याको समाधान लिएर चिनियाँ कार निर्माता बीवाईडी अगाडि आएको छ।

कम्पनीले आफ्नो नयाँ फ्ल्यास चार्जिङ ईभी प्रविधि सार्वजनिक गर्दै पेट्रोल पम्पमा लाग्ने समयलाई समेत चुनौती दिने दाबी गरेको छ। बीवाईडीका अनुसार, यो प्रविधिबाट इलेक्ट्रिक कारलाई केवल ५ मिनेटमा चार्ज गरेर करिब ४०० किलोमिटर रेन्ज प्राप्त गर्न सकिन्छ।

यस प्रविधिको रियल–वर्ल्ड परीक्षण भिडियो हालै सामाजिक सञ्जालमा सार्वजनिक भएको छ, जसले तीव्र रूपमा चर्चा पाइरहेको छ। भिडियोमा बीवाईडीको फ्ल्यागशिप सेडान हान ईएललाई चार्ज गरिएको देखिन्छ। क्लिप अनुसार, कार ५ मिनेटमै १० प्रतिशतबाट ७० प्रतिशतसम्म चार्ज भएको छ। यस क्रममा चार्जिङ पावर ७४६ किलोवाटसम्म पुगेको देखिन्छ, जुन हालका ईभी मापदण्डको तुलनामा अत्यन्त उच्च हो।

बीवाईडीको यस उपलब्धिको पछाडि कम्पनीको नयाँ ‘सुपर ई–प्लेटफर्म’ मुख्य आधार हो। यो यात्रु सवारीका लागि विश्वकै पहिलो मास–प्रोड्युस्ड फुल–डोमेन १,००० भोल्ट हाई–भोल्टेज आर्किटेक्चर भएको दाबी गरिएको छ। यही प्लेटफर्मसँग काम गर्ने नयाँ फ्ल्यास चार्जिङ ब्याट्रीले १,००० एम्पियरसम्मको चार्जिङ करेन्ट र १०सी चार्जिङ रेट जस्ता कीर्तिमान स्थापना गरेको छ।

सुपर ई–प्लेटफर्म र फ्ल्यास चार्जिङ ब्याट्रीको संयोजनले १ हजार किलोवाटसम्मको चार्जिङ पावर प्रदान गर्न सक्छ। यसको प्रत्यक्ष फाइदा भनेको, यस प्रविधियुक्त इलेक्ट्रिक गाडीले केवल ५ मिनेटमै करिब ४०० किलोमिटर सीएलटीसी ड्राइभिङ रेन्ज थप्न सक्नु हो।

अल्ट्रा–हाई पावर चार्जिङलाई सम्भव बनाउन बीवाईडीले नेक्स्ट–जेनेरेसन अटोमोटिभ–ग्रेड एसआईसी पावर चिप्स स्वयं विकास गरेको जनाएको छ। यी चिप्सको भोल्टेज रेटिङ १५ सय भोल्टसम्म रहेको छ, जसले यसलाई उद्योगकै सबैभन्दा उच्च भोल्टेज क्षमता भएका मास–प्रोड्युस्ड अटोमोटिभ–ग्रेड एसआईसी पावर चिप्स बनाएको कम्पनीको दाबी छ।

बीवाईडीका सीईओ वाङ चुआनफुका अनुसार, कम्पनीको मुख्य लक्ष्य चार्जिङ एङ्जायटीलाई पूर्ण रूपमा हटाउनु हो। उनका अनुसार, चार्जिङसम्बन्धी डर आज पनि ईभी खरिदमा सबैभन्दा ठूलो अवरोध बनेको छ। यही दृष्टिकोणअनुसार हान एल सेडान र टाङ एल एसयूभी जस्ता मोडेलहरू नयाँ प्लेटफर्ममा बजारमा ल्याइएका छन्।

बीवाईडीको योजना चीनमा मात्र सीमित छैन। कम्पनीले यो फ्ल्यास चार्जिङ प्रणाली युरोप र अन्य अन्तर्राष्ट्रिय बजारहरूमा पनि विस्तार गर्ने तयारी गरिरहेको जनाएको छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.