शनिबार, श्रावण २,२०८३ 04:32:06
Bizshala
  • शनिबार, श्रावण २,२०८३ 04:32:06
Bizshala
Global IME Bank Limited

बीवाईडीको बिक्रीमा लगातार पाचौं महिना गिरावट

बीवाईडीको बिक्रीमा लगातार पाचौं महिना गिरावट
New Office

काठमाण्डौ । चिनियाँ विद्युतीय सवारी निर्माता कम्पनी बीवाईडीको बिक्रीमा लगातार पाचाँै महिना गिरावट आएको छ । कम्पनीले जनवरी महिनामा आफ्नो सवारीसाधन बिक्रीमा वार्षिक आधारमा ३०.१ प्रतिशतको गिरावट आएको जनाएको छ। जसले घरेलु बजारमा बढ्दो प्रतिस्पर्धा र बाह्य अनिश्चितताबीच कम्पनीले सामना गरिरहेको चुनौतीलाई देखाउँछ।

कम्पनीले आइतबार सार्वजनिक गरेको सेयर बजार विवरणअनुसार जनवरी महिनामा बीवाईडीले विश्वभर २ लाख १० हजार ५१ युनिट सवारीसाधन बिक्री गरेको छ। सोही अवधिमा नयाँ ईभीको निर्यात १ लाख ४८२ युनिट पुगेको छ।

जनवरीमा बीवाईडीको उत्पादन पनि २९.१ प्रतिशतले घटेको छ, जसले गत वर्षको जुलाईदेखि सुरु भएको गिरावटको क्रमलाई निरन्तरता दिएको छ।

घरेलु बजारमा बिक्री बढाउने उद्देश्यले बीवाईडीले लामो दूरीका ब्याट्रीसहितका केही प्लग–इन हाइब्रिड मोडेलका उन्नत संस्करणहरू सार्वजनिक गरेको छ। तर कुल बिक्रीको आधाभन्दा बढी हिस्सा ओगट्ने यी प्लग–इन हाइब्रिड सवारीसाधनको बिक्री जनवरीमा २८.५ प्रतिशतले घटेको छ। सन् २०२५ मा पनि यस सेग्मेन्टको बिक्री ७.९ प्रतिशतले घटेको थियो।

बीवाईडीले जनवरीमै सन् २०२६ का लागि विदेशी बजारमा १३ लाख सवारीसाधन पठाउने लक्ष्य लिएको , जुन अघिल्लो वर्षको तुलनामा २४ प्रतिशत बढी हो। यद्यपि, यो लक्ष्य कम्पनीले नोभेम्बरमा सिटी बैंकसँगको मिटिङमा उल्लेख गरेको १६ लाख युनिटसम्मको अनुमानभन्दा कम हो। लक्ष्य संशोधनको कारणबारे कम्पनीले केहीपनि खुलाएको छैन।

कम्पनीको हंगेरीस्थित नयाँ विद्युतीय सवारी उत्पादन कारखाना यसै वर्ष सञ्चालनमा आउने अपेक्षा गरिएको छ। बीवाईडीका ब्राजिल र थाइल्याण्डमा उत्पादन केन्द्रहरू पहिल्यै सञ्चालनमा छन् भने इन्डोनेसिया र टर्कीमा असेंबली प्लान्ट निर्माण गर्ने योजना पनि रहेको छ।

गत वर्ष विदेशमा बिक्री १५०.७ प्रतिशतले वृद्धि भएपछि बीवाईडीले टेस्लालाई उछिन्दै विश्वकै सबैभन्दा ठूलो ईभी बिक्रेताको स्थान हासिल गरेको थियो। यसले घरेलु बजारमा जिली र लिपमोटरजस्ता प्रतिस्पर्धीबाट बढ्दो दबाबलाई केही हदसम्म सन्तुलनमा राखेको छ।

बीवाईडीले गत वर्ष घटाइएको ४६ लाख युनिटको विश्वव्यापी बिक्री लक्ष्य मुश्किलले पूरा गरेको थियो। कम्पनीले हालसम्म २०२६ को बिक्री लक्ष्य घोषणा गरेको छैन।

विश्लेषकहरूका अनुसार, चीन सरकारले सस्तो सवारीसाधनको सट्टा–व्यवस्थामा दिँदै आएको अनुदान घटाउँदै लगेपछि विश्वकै ठूलो अटो बजार यस वर्ष सुस्त रहने सम्भावना छ, जसले बजेट सेग्मेन्टमा केन्द्रित बीवाईडी र अन्य कम्पनीहरूलाई दबाबमा पार्ने देखिन्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.