सोमबार, जेष्ठ ४,२०८३ 04:23:46
Bizshala
  • सोमबार, जेष्ठ ४,२०८३ 04:23:46
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

प्रसिद्ध अमेरिकी अर्थशास्त्री पीटर शिफले दिए ठूलो आर्थिक संकटको चेतावनी, डलरको स्थान सुनले लिने !

Laxmi Sunrise Bank Limited
प्रसिद्ध अमेरिकी अर्थशास्त्री पीटर शिफले दिए ठूलो आर्थिक संकटको चेतावनी, डलरको स्थान सुनले लिने !
Shivam Cement

काठमाण्डौ । प्रख्यात अमेरिकी अर्थशास्त्री तथा यूरो प्यासिफिक एसेट म्यानेजमेन्ट का संस्थापक पीटर शिफले विश्व एक गम्भीर आर्थिक संकटतर्फ अग्रसर भइरहेको चेतावनी दिएका छन्। उनका अनुसार आउँदै गरेको संकट २००८ को विश्वव्यापी मन्दीभन्दा पनि भयावह हुनेछ, जहाँ अमेरिकी डलर कमजोर हुँदै जानेछ र यसको स्थान सुनले लिनेछ।

शिफका अनुसार विश्वभरका केन्द्रीय बैंकहरूले डलरमाथिको निर्भरता क्रमशः घटाउँदै लगेका छन् र सुनको भण्डार तीव्र रूपमा बढाइरहेका छन्। यस्तो टिप्पणी विश्व बजारमा सुन–चाँदीको मूल्यमा तीव्र उतार–चढाव देखिएको समयमा आएको हो। सन् २०२५ मा सुनको मूल्य करिब ७५ प्रतिशत र चाँदीको मूल्य १६७ प्रतिशतले वृद्धि भएको छ।

शिफले यो संकट २००८ को आर्थिक संकटभन्दा पूर्ण रूपमा फरक हुने बताएका छन्। २००८ को संकट विश्वव्यापी थियो भने अबको संकट मुख्य रूपमा अमेरिकामै केन्द्रित रहने उनले बताएका छन्।

Bizshala
New Office
CG Motors

२००८ को संकट अमेरिकाको आवास बजार ध्वस्त भएपछि सुरु भएको थियो, जब ठूलो संख्यामा मानिसहरूले गृह ऋण तिर्न छोडेका थिए। यसले विश्वव्यापी बैंकिङ प्रणालीलाई हल्लाइदिएको थियो र १९३० को महामन्दीपछि सबैभन्दा ठूलो आर्थिक संकट बनेको थियो। सो समयमा जनआन्दोलन भए, कैयौँ ठूला बैंकहरू धराशायी भएका थिए।

पीटर शिफले अमेरिकी अर्थतन्त्र बलियो रहेको दाबी गर्ने सरकारी तथ्यांकहरूलाई अस्वीकार गरेका छन्। उनका अनुसार यी तथ्यांकहरू भ्रामक छन् र महँगाइको प्रभावले विकृत भएका छन्।

उनले चेतावनी दिँदै आगामी वर्षहरूमा महँगाइ बाइडेन प्रशासनको समयमा देखिएको अवस्थाभन्दा पनि गम्भीर हुनसक्ने बताएका छन् । सुनको मूल्यमा देखिएको तीव्र वृद्धि नै ठूला आर्थिक समस्याको संकेत हो, जुन यो वर्षको अन्त्य वा आगामी वर्ष देखिन सक्छ।

उनका अनुसार केन्द्रीय बैंकहरू अमेरिकी ट्रेजरी बन्ड बेच्दै छन् र डलरको सट्टा सुन जम्मा गरिरहेका छन्।

Garima Development Bank
Shivam Cement
IME remit

शिफले अमेरिकाले विश्व अर्थतन्त्रलाई चलाइरहेको भन्ने धारणा गलत भएको समेत बताएका छन् । उनका अनुसार अमेरिका स्वयं विश्वमाथि निर्भर छ, किनकि धेरै उपभोग्य वस्तुहरू अन्य देशहरूबाट आयात गरिन्छन्।

उनले अमेरिकी अर्थतन्त्र डलरको ‘रिजर्भ करेन्सी’ हैसियतमा आधारित क्रेडिट प्रणालीमा टिकेको र त्यो प्रणाली अब कमजोर भइसकेको दाबी गरेका छन्। उनका अनुसार डलरको मूल्य खस्कँदै जानेछ र अन्ततः सुनले त्यसको स्थान लिनेछ।

शिफका दाबीको विपरीत, ह्वाइट हाउसका प्रवक्ता कुश देसाईले अमेरिकी ट्रेजरीमा विदेशी लगानी हालै ऐतिहासिक उच्च स्तरमा पुगेको बताएका छन्। उनका अनुसार व्यापारिक नेताहरू अमेरिकामा लगानी र रोजगारी सिर्जना गर्न ठूलो रकम खर्च गरिरहेका छन्।

प्रवक्ता देसाईले राष्ट्रपति ट्रम्पले पद सम्हालेदेखि नै डर फैलाउने खालका भविष्यवाणीहरू भइरहेका छन्, तर वास्तविकतामा महँगाइ घटेको छ र जीडीपी वृद्धिदर तीव्र भएको बताएका छन् । 

Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.