बिहीबार, फाल्गुन २१,२०८२ 11:22:28
Bizshala
  • बिहीबार, फाल्गुन २१,२०८२ 11:22:28
Bizshala
Global IME Bank Limited

चीनदेखि जापानसम्म हाहाकार, देखिन थाल्यो इरान-अमेरिका युद्धको साइड इफेक्ट

Hyundai Nepal
चीनदेखि जापानसम्म हाहाकार, देखिन थाल्यो इरान-अमेरिका युद्धको साइड इफेक्ट
Shivam Cement

काठमाण्डौ । इरान र अमेरिका–इजरायलबीच जारी सैन्य तनावको प्रभाव अब विश्व ऊर्जा बजारमा स्पष्ट देखिन थालेको छ। खाडी क्षेत्रको अत्यन्त संवेदनशील जलमार्ग होर्मुज स्ट्रेटबाट जहाज आवतजावत लगभग ठप्प भएपछि तेल र ग्यास आपूर्तिमा गम्भीर संकट उत्पन्न भएको छ।

विश्वको करिब २० प्रतिशत कच्चा तेल यही मार्गबाट अन्तर्राष्ट्रिय बजारमा पुग्ने भएकाले जहाज आवतजावत अवरुद्ध हुँदा ऊर्जा बजारमा ठूलो झट्का लागेको छ। पछिल्ला केही दिनमै कच्चा तेलको मूल्य करिब २० प्रतिशतले बढेर प्रति ब्यारेल ८४ डलर नाघेको छ।

Bizshala
New Office
Laxmi Sunrise Bank Limited

ऊर्जा बजारका विश्लेषकहरूका अनुसार यदि इरान क्षेत्रमा जारी युद्ध चाँडै रोकिएन भने कच्चा तेलको मूल्य १५० डलर प्रति ब्यारेलसम्म पुग्न सक्ने चेतावनी दिइएको छ।

उत्पादन र आपूर्तिमा ठूलो कटौती

पश्चिम एशियामा बढेको तनावका कारण प्रमुख तेल तथा ग्यास उत्पादक देशहरूमा उत्पादन र आपूर्तिमा अवरोध देखिन थालेको छ।

इराकले दैनिक १५ लाख ब्यारेल तेल उत्पादन घटाएको छ।

कतारले एलएनजी उत्पादन अस्थायी रूपमा बन्द गरेको छ।

साउदी अरेबियाको एक ठूलो रिफाइनरीले उत्पादन रोकेको छ, जसमा इरानले हालै दुईपटक हमला गरेको बताइएको छ।

यसका कारण विश्व ऊर्जा बजारमा आपूर्ति घट्ने र मूल्य थप चर्किने जोखिम बढेको विश्लेषण गरिएको छ।

IME remit
Bizshala
Muktinath Bikas Bank Limited

एशियाली अर्थतन्त्रमा असरको संकेत

तेल र ग्यास आपूर्तिमा आएको संकटले विशेषगरी तेल आयातमा निर्भर एशियाली अर्थतन्त्रहरूलाई ठूलो असर पार्न सक्ने संकेत देखिएको छ।

जापानका तेल रिफाइनरी कम्पनीहरूले बढ्दो संकटलाई ध्यानमा राख्दै सरकारसँग राष्ट्रिय भण्डार (National Reserve) बाट तेल आपूर्ति जारी गर्न आग्रह गरेका छन्।

त्यस्तै, चीन सरकारले आफ्ना प्रमुख रिफाइनरी कम्पनीहरूलाई पेट्रोल र डिजेलको निर्यात रोक्न निर्देशन दिएको छ, ताकि घरेलु आपूर्ति सुरक्षित रहोस्। चीनले इरानबाट निर्यात हुने तेलको करिब ९० प्रतिशत हिस्सा खरिद गर्दै आएको बताइन्छ।

होर्मुज स्ट्रेटमा जहाज रोकिए

दक्षिण कोरियाले आफ्ना कम्तीमा सात जहाज होर्मुज स्ट्रेट पार गर्न असफल भएको जनाएको छ।

यो जलमार्ग एशियाली देशहरूका लागि अत्यन्त महत्वपूर्ण मानिन्छ, किनभने यस मार्गबाट गुज्रने तेलको झण्डै ८० प्रतिशत आपूर्ति एशियाली बजारमा पुग्छ।

साउदी अरेबिया, इराक, यूएई र इरानजस्ता प्रमुख तेल उत्पादक देशहरू यही मार्ग प्रयोग गर्छन्।

तर इरानको रिभोलुसनरी गार्ड्सले भने होर्मुज स्ट्रेट अमेरिका, इजरायल र युरोपेली देशका जहाजका लागि मात्र बन्द गरिएको दाबी गरेको छ।

भारतमा पनि आपूर्ति संकटको जोखिम

ऊर्जा संकटको प्रभाव भारतमा पनि देखिन थालेको छ। विश्वको दोस्रो ठूलो एलएनजी उत्पादक देश कतारले उत्पादन रोक्दा भारतको ग्यास आपूर्ति प्रभावित भएको छ।

भारतले वार्षिक करिब २ करोड ७० लाख टन एलएनजी आयात गर्छ, जसमा ४० प्रतिशत हिस्सा कतारबाट आउने गर्छ।

होर्मुज स्ट्रेट अवरुद्ध भएपछि भारतको प्रमुख एलएनजी आयातक कम्पनी पेट्रोनेट एलएनजीले कतारतर्फ आफ्ना जहाज पठाउन नसकेको बताइएको छ।

यो मार्ग भारतका लागि अत्यन्त महत्वपूर्ण मानिन्छ, किनभने

-भारतको कुल कच्चा तेल आयातको ५० प्रतिशत

-एलएनजी आपूर्तिको ५४ प्रतिशत

यही मार्ग हुँदै आउने गर्छ।

हाल भारतसँग १८ दिनको कच्चा तेल, २१ दिनको पेट्रोल–डिजेल र १२ दिनको ग्यास भण्डार रहेको बताइएको छ। यदि युद्ध लामो समयसम्म जारी रह्यो भने भारतसहित धेरै एशियाली देशहरू गम्भीर ऊर्जा संकट र महँगीको दबाबमा पर्न सक्ने चेतावनी विश्लेषकहरूले दिएका छन्।

नेपालले आफूलाई आवश्यक इन्धन भारतबाट आयात गर्ने हुँदा हामीलाई झनै अप्ठ्यारो अवस्था आइलाग्नसक्ने देखिन्छ । 

Global IME Bank Limited
Nabil Bank Limited
Bizshala
IME remit
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.