मंगलवार, फाल्गुन २६,२०८२ 03:18:52
Bizshala
  • मंगलवार, फाल्गुन २६,२०८२ 03:18:52
Bizshala
Global IME Bank Limited

याङ्गोले सुरु गर्यो निःशुल्क इन राइड बीमा सुविधा, प्रतिराइड अधिकतम रु.१० लाख

Hyundai Nepal
याङ्गोले सुरु गर्यो निःशुल्क इन राइड बीमा सुविधा, प्रतिराइड अधिकतम रु.१० लाख
Shivam Cement

काठमाडौं । विश्वव्यापी प्रविधि कम्पनी याङ्गो ग्रुपअन्तर्गतको याङ्गो राइडले नेपालमा आफ्ना पार्टनर चालक तथा यात्रुका लागि कुनै अतिरिक्त शुल्क बिना बीमा सुविधा सुरु गरेको गरेको छ । यो पहलले सुरक्षित शहरी यातायातप्रति कम्पनीको प्रतिबद्धतालाई थप मजबुत बनाएको छ । यो बीमा सुविधा मार्च ३ देखि याङ्गोमार्फत गरिने प्रत्येक राइडमा स्वचालित रूपमा समावेश गरिएको छ ।

प्रति राइड अधिकतम १० लाख रुपैयाँ सम्मको बीमा कभरेज हुने कम्पनीले जनाएको छ । युनाइटेड अजोड इन्स्योरेन्ससँगको सहकार्यमा याङ्गाले बीमा सुविधा सुरु गरेको हो । यो बीमा कभरेजमा खल्ती सुरक्षा ले सहयोग गरेको छ ।

कम्पनीका अनुसार चालकका लागि राइड स्वीकार गरेदेखि नै बीमा लागू हुन्छ भने यात्रुका लागि पिकअपदेखि ड्रप पूरा नभएसम्म कभरेज रहनेछ । 

Bizshala
New Office
Laxmi Sunrise Bank Limited

साथै, यो सुविधा डेलिभरी अर्डर पूरा गरिरहेका कुरियर पार्टनरहरूमा पनि लागू हुनेछ । दुर्घटना भएमा ३० दिनभित्र आवश्यक कागजातहरू (जस्तैः मेडिकल रिपोर्ट, बिल, र सडक दुर्घटनाको हकमा प्रहरी प्रतिवेदन) सहित युनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडमा दाबी पेश गर्न सकिने कम्पनीले जनाएको छ । सबै कागजात प्रमाणित भएपछि करिब १५ कार्यदिनभित्र भुक्तानी गरिनेछ ।

याङ्गो राइड नेपालका कन्ट्री म्यानेजर सन्तोष पाण्डेले भने, ‘हाम्रा पार्टनर चालक, कुरीयर र यात्रुहरूको सुरक्षा तथा हित हाम्रो प्रमुख प्राथमिकता हो, निःशुल्क इन–राइड बीमा सुरु गरेर हामी सबैलाई अझ सुरक्षित र ढुक्क भएर यात्रा गर्न सहयोग पुर्याइरहेका छौं ।’

IME remit
Bizshala
Muktinath Bikas Bank Limited

यो सुविधा याङ्गोका प्रयोगकर्ता, पार्टनर चालक, कुरीयरलाई कुनै अतिरिक्त शुल्क नलिई प्रदान गरिएको हो, जसले सबैलाई आर्थिक भार बिना अतिरिक्त सुरक्षा उपलब्ध गराउँछ ।

नेपालमा तीव्र रूपमा बढिरहेको राइड–हेलिङ बजारमा सुरक्षा र विश्वसनीयता महत्वपूर्ण बन्दै गइरहेको अवस्थामा, यस बीमा कार्यक्रमले याङ्गो राइडलाई नेपालको यातायात क्षेत्रमा विश्वसनीय सेवाप्रदायकको रूपमा अझ सुदृढ बनाएको छ।

Global IME Bank Limited
Nabil Bank Limited
Bizshala
IME remit
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.