काठमाण्डौ । साताको अन्तिम कारोबार दिन सेयरबजारमा दोहोरो अंकको गिरावट आएको छ । नेप्से परिसूचक १३.४६ अंकले घटेर २८३७.७७ विन्दुमा कायम भएको छ ।
नेप्सेमा सूचीकृत ३३५ कम्पनीको २ करोड १० लाख ८७ हजार ६२८ कित्ता सेयर किनबेच हुँदा ८ अर्ब ९९ करोड रुपैयाँमाथिको सेयर कारोबार भएको छ ।
आज हाइड्रो समूह र उत्पादन तथा प्रशोधन समूह बाहेक सबै समूहमा रातो पोतिएको छ । हाइड्रो समूह ०.०८ प्रतिशत बढेको भने उत्पादन तथा प्रशोधन समूह १.५९ प्रतिशत बढेको छ ।
सर्वाधिक घट्नेमा अन्य समूह रहेको छ । यो समूह आज १.३९ प्र्रतिशतले घटेको छ । त्यस्तै, बैंकिङ समूह ०.७४ प्रतिशत, विकास बैंक समूह ०.६७ प्रतिशत, फाइनान्स समूह ०.६० प्रतिशत, होटल तथा पर्यटन समूह ०.४४ प्रतिशत, लगानी समूह १.१२ प्रतिशत, जीवन बीमा समूह ०.७१ प्रतिशत, माइक्रोफाइनान्स समूह ०.७३ प्रतिशत, म्युचुअल फण्ड समूह ०.४९ प्रतिशत, निर्जीवन बीमा समूह ०.४८ प्रतिशत र व्यापार समूह १.०६ प्रतिशतले घटेको छ ।
आजको बजारबारे सेयर लगानीकर्ता तथा प्राविधिक विश्लेषक अजयसिं थापा (जय शम्भु) भन्छन्, ‘सेयरबजारलाई प्राविधिक रुपमा हेर्दा अहिलेको मार्केट करेक्टिभ वे मा नै रहेको देखिन्छ, दुईचार दिनअघि सेयरबजारमा राम्रो बाउन्सब्याक देखिएपनि भोल्युम न्यून विन्दुमा रहेकाले त्यसलाई मोटिभ वे मा लिन सकिँदैन । अहिले बजारमा नयाँ कम्पनी बाहेक अन्य कम्पनीका सेयरमूल्य बढ्न सकिरहेको छैन । दैनिकी कारोबार पनि नयाँ कम्पनीहरुको मात्रै छ । यसरी नै करेक्टिभ वे मा मार्केट चल्ने हो भने २६७० विन्दु टेस्ट गर्ने सम्भावना रहन्छ । दुई चार दिनयताको मार्केट हेर्दा बजारमा सुधार देखिएपनि भोल्युम राम्रो छैन । बजारमा अझै एउटा वेभ आएपछि मात्रै बजार बढ्ने सम्भावना रहन्छ, तर भोल्युमले साथ नदिएका कारण तत्कालै पोजेटिभ मुभमेन्ट आउछ भन्न यकिन गर्न सकिँदैन ।’
सर्वाधिक कमाउने कम्पनी
आज ७ कम्पनीको सेयरमा सकारात्मक सर्किट लागेको छ । सर्वाधिक कमाउनेमा भुजुङ हाइड्रोपावर रहेको छ । कम्पनीको सेयरभाउ १० प्रतिशतले बढेर ११९१.८० रुपैयाँ पुगेको छ ।
त्यस्तै, सुपर खुदी हाइड्रो, होटल फरेस्ट इन, पाल्पा सिमेन्ट कम्पनीको सेयरभाउ १० प्रतिशलते बढेको छ भने रिज लाइन इनर्जी, सूर्यकुण्ड हाइड्रोपावर र शिखर पावर डेभलपमेन्टको सेयरभाउ ९.९९ प्रतिशतले बढेको छ ।
यसका साथै रिलायन्स स्पिनिङ मिल्सको ९.३६ प्रतिशत, हिमालयन हाइड्रोपावरको ८.४८ प्रतिशत र ग्लोबल आइएमई बैंक डिबेञ्चरको ५.९३ प्रतिशतले बढेको छ ।
सर्वाधिक गुमाउने कम्पनी
आज सर्वाधिक गुमाउनेमा एनआइसी एशिया ब्यालेन्स्ड फण्ड रहेको छ । यो फण्डको इकाईमूल्य ४.१७ प्रतिशतले घटेको छ ।
त्यस्तै, एनआइबीएल ग्रोथ फण्डको ४.०६ प्रतिशत, माईखोला हाइड्रोपावरको ४.०४ प्रतिशत, माबिलुङ इनर्जीको २.९८ प्रतिशत, माउन्टेन हाइड्रो नेपालको २.९८ प्रतिशत, माथिल्लो मैलुङ खोला जलविद्युतको २.९० प्रतिशत, गुहेश्वरी मर्चेण्ट बैंक एण्ड फाइनान्सको २.७२ प्रतिशत, मोलुङ हाइड्रोपावरको २.६७ प्रतिशत, त्रिशुली जलविद्युत कम्पनीको २.६५ प्रतिशत र पिपुल्स पावरको २.६३ प्रतिशतले घटेको छ ।

