बुधबार, असार १०,२०८३ 10:01:41
Bizshala
  • बुधबार, असार १०,२०८३ 10:01:41
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

सोमबार इस्लामाबादमा अमेरिका-इरानबीच पुनः वार्ता, परमाणु मुद्दाले गडबडी हुनसक्ने

Laxmi Sunrise Bank Limited
सोमबार इस्लामाबादमा अमेरिका-इरानबीच पुनः वार्ता, परमाणु मुद्दाले गडबडी हुनसक्ने

इस्लामाबाद । अमेरिका र इरानबीचको परमाणु कार्यक्रमसम्बन्धी नयाँ चरणको वार्ता आगामी सोमबार पाकिस्तानको राजधानी इस्लामाबादमा हुने भएको छ। दुवै देशका प्रतिनिधिहरू आइतबारसम्म इस्लामाबाद पुग्ने तयारीमा रहेको बताइएको छ।

New Office
CG Motors
Garima Development Bank

यद्यपि वासिङ्टन र तेहरानबाट अझै औपचारिक पुष्टि भएको छैन, तर अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले वार्ता चाँडै हुने संकेत दिएका छन्। सीएनएनले इरानी स्रोतलाई उद्धृत गर्दै सोमबार इस्लामाबादमा वार्ता हुने पुष्टि गरेको छ।

गत सप्ताहन्तमा भएको अघिल्लो चरणको वार्ता धेरै घण्टासम्म चले पनि कुनै ठोस नतिजा निकाल्न सकेको थिएन। पाकिस्तानको मध्यस्थतामा भएको दुई साताको युद्धविराम अब सकिन लागेको छ। यही युद्धविराम सकिनुअघि दुवै पक्षबीच सहमति जुट्ने अपेक्षा गरिएको छ, तर मुख्य मुद्दाहरूमा ठूलो मतभेद कायमै रहेको छ।

वार्ता असफल भएमा मध्यपूर्वमा तनाव फेरि बढ्न सक्ने चिन्ता विश्वव्यापी रूपमा बढेको छ।

Sagarmatha Cement
Muktinath Bikas Bank Limited

हर्मुज स्ट्रेटको मुद्दा पनि निकै संवेदनशील बनेको छ। इरानले यो जलमार्ग व्यावसायिक जहाजहरूका लागि खुला रहेको दाबी गरेको छ, तर वास्तविकतामा निकै कम जहाजहरू मात्र गुज्रिरहेका छन्। इरानी संसद्का सभामुखले चेतावनी दिँदै भनेका छन्– “यदि अमेरिकाले आफ्नो नौसेना अवरोध हटाएन भने हामी फेरि हर्मुज स्ट्रेट बन्द गर्न सक्छौं।” यसले वैश्विक ऊर्जा संकटलाई थप गहिरो बनाउन सक्ने उल्लेख गरिएको छ।

ट्रम्पले भने दुवै देशबीच सहमति नजिक रहेको र इरानले महत्वपूर्ण मुद्दाहरूमा छुट दिन तयार रहेको विश्वास व्यक्त गरेका छन्। तर इरानी उच्च अधिकारीहरूले ट्रम्पको दाबीलाई खारेज गर्दै तेहरानले अझै कुनै ठूलो सम्झौता नगरेको र धेरै मुद्दाहरूमा मतभेद कायमै रहेको बताएका छन्।

यसबाहेक इजरायल र हिजबुल्लाह (इरान समर्थित) बीचको लेबनान युद्धविराम पनि वार्ताको सन्दर्भमा महत्वपूर्ण छ। १० दिनको यो युद्धविराम अहिले धेरैजसो कायम छ, तर दुवै पक्षबाट उल्लङ्घनका आरोपहरू लागिरहेका छन्।

वार्ताको नतिजाले मध्यपूर्वको स्थिरता र विश्वव्यापी ऊर्जा बजारलाई ठूलो प्रभाव पार्ने भएकाले अन्तर्राष्ट्रिय समुदायको ध्यान इस्लामाबादतर्फ केन्द्रित भएको छ।

-एजेन्सीको सहयोगमा तयार रिपोर्ट

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.