आईतवार, जेष्ठ ३,२०८३ 06:06:50
Bizshala
  • आईतवार, जेष्ठ ३,२०८३ 06:06:50
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

के एप्पल जस्तै हुनेछ गुगलको नयाँ एन्ड्रोइड ? ट्रान्प्यारेन्ट अवतारमा देखियो एन्ड्रोइडबट

Laxmi Sunrise Bank Limited
के एप्पल जस्तै हुनेछ गुगलको नयाँ एन्ड्रोइड ? ट्रान्प्यारेन्ट अवतारमा देखियो एन्ड्रोइडबट
Shivam Cement

काठमाण्डौ । यदि तपाईं पनि अर्को एन्ड्रोइड संस्करणको प्रतीक्षामा हुनुहुन्छ भने, तपाईंका लागि राम्रो खबर छ। गुगलले आफ्नो द एन्ड्रोइड शोःआई/ओ एडिसनको मिति घोषणा गरेको छ। यो भर्चुअल इभेन्ट मे १९ मा आयोजना हुनेछ। गुगलले इभेन्टअघि यो एन्ड्रोइडको इतिहासकै सबैभन्दा ठूलो वर्षमध्ये एक हुन सक्ने संकेत दिएको छ। आगामी संस्करण एन्ड्रोइड १७ मा धेरै ठूला परिवर्तनहरू देख्न पाइनेछ।

Bizshala
New Office
CG Motors

डिजाइनमा ठूलो परिवर्तन

रिपोर्टहरूका अनुसार नयाँ एन्ड्रोइड संस्करणले केही हदसम्म आईओएस को लिक्विड ग्लास डिजाइनबाट प्रेरणा लिन सक्छ। यद्यपि, गुगलले यसलाई लिक्विड जेली नाम दिन सक्ने चर्चा छ। आधिकारिक रूपमा केही पुष्टि भएको छैन, तर गुगल आई/ओ को टिजरमा पारदर्शी एन्ड्रोइड बोट देखाइएको छ, जसले डिजाइनमा ठूला परिवर्तनको संकेत गर्छ।

एन्ड्रोइड १७ः नयाँ अवतार

यसपटक एन्ड्रोइड १५ केही फरक हुने देखिन्छ। सामान्यतया भन्दा छिटो यसको विकास सुरु भएको छ, र फेब्रुअरीदेखि हालसम्म चारवटा बीटा अपडेट सार्वजनिक भइसकेका छन्। रिपोर्ट अनुसार, गुगलले एन्ड्रोइडलाई पुनः नयाँ रूपमा प्रस्तुत गर्ने योजना बनाइरहेको छ, जस्तै एप्पलले आईओएसमा गरेको थियो। यसपटक विशेष ध्यान प्रदर्शन सुधार र प्रयोगकर्ता अनुभवलाई अझ सहज र छिटो बनाउनेमा हुनेछ।

Garima Development Bank
Shivam Cement
IME remit

नयाँ फिचरहरूको झल्को

बीटा संस्करणमा केही रोचक फिचरहरू देखिएका छन्ः

–नोटिफिकेशन नियमः प्रयोगकर्ताले आफ्नै अनुसार एप र सम्पर्कका लागि नियम सेट गर्न सक्ने।

–युनिभर्सल एप बबल्सः सबै एपहरूका लागि बबल च्याट सुविधा।

–नयाँ विजेट हब मोडः युआईलाई अझ उपयोगी बनाउने।

–राम्रो क्रसडिभाइस कनेक्टिभिटी

–प्राइभेसी केन्द्रित सम्पर्क पहुँच

–सुधारिएको स्क्रिन रेकर्डिङ अनुभव

–इकोसिस्टममा ध्यान

द एन्ड्रोइड शो केवल स्मार्टफोनका लागि मात्र होइन। यसले एन्ड्रोइडको सम्पूर्ण इकोसिस्टम—जस्तै एन्ड्रोइड अटो, वेयर ओएस, एन्ड्रोइड एक्सआर र एन्ड्रोइड टिभीको भविष्य रणनीति पनि प्रस्तुत गर्नेछ।

Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.