सोमबार, जेष्ठ ४,२०८३ 05:44:52
Bizshala
  • सोमबार, जेष्ठ ४,२०८३ 05:44:52
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

नेपालमा पहिलो टियर आईभी हाइपरस्केल डेटा सेन्टर निर्माणको घोषणा

Laxmi Sunrise Bank Limited
नेपालमा पहिलो टियर आईभी हाइपरस्केल डेटा सेन्टर निर्माणको घोषणा
Shivam Cement

 

काठमाण्डौ । नेपालको डिजिटल पूर्वाधारलाई अन्तर्राष्ट्रिय स्तरमा विस्तार गर्ने लक्ष्यसहित ‘बिचुटेन डाटा भोल्ट (Bichuten Data Vault – BDV)’ ले देशकै पहिलो टियर IV (Tier IV) हाइपरस्केल डाटा सेन्टर निर्माण गर्ने घोषणा गरेको छ।

कम्पनीका अनुसार यो परियोजनाले नेपाललाई दक्षिण एसियामा एक विश्वसनीय डिजिटल हबका रूपमा स्थापित गर्ने र राष्ट्रिय डेटा सुरक्षा तथा डिजिटल सार्वभौमिकतालाई मजबुत बनाउने उद्देश्य राखेको छ।

यो स्वदेशी कम्पनी नेपाली उद्यमीहरू नवीन अग्रवाल, मीन अग्रवाल (फेयर ग्रुप), अनुज कियाल (कियाल ग्रुप), विशाल कुमार जाटिया र शरद गोयलको नेतृत्वमा अघि बढाइएको हो।

 

प्रस्तावित डाटा सेन्टर टियर IV मापदण्डअनुसार निर्माण हुने भएकाले यसले ९९.९९५% अपटाइम सुनिश्चित गर्ने बताइएको छ। कम्पनीका अनुसार यसले वार्षिक २६ मिनेटभन्दा कम मात्र प्राविधिक अवरोध हुने स्तरको विश्वसनीयता प्रदान गर्नेछ, जसले बैंकिङ, दूरसञ्चार र अन्य संवेदनशील क्षेत्रका लागि उच्च सुरक्षा र स्थिरता सुनिश्चित गर्नेछ।

Bizshala
New Office
CG Motors

परियोजनाअन्तर्गत काठमाडौं (साइट १) र वीरगन्ज (साइट २) गरी दुई रणनीतिक स्थानमा पूर्वाधार विकास गरिनेछ। प्रारम्भमा २४० किलोवाट क्षमताबाट सुरु हुने परियोजना सन् २०३० सम्म ५ मेगावाटसम्म विस्तार गर्ने लक्ष्य राखिएको छ।

 

डाटा सेन्टर निर्माण तथा सञ्चालनका लागि VVDN Technologies, Google Cloud, AMD र Micron जस्ता विश्वप्रसिद्ध प्रविधि कम्पनीहरूसँग रणनीतिक साझेदारी गरिएको कम्पनीले जनाएको छ।

 

कम्पनीले “डाटा नै कृत्रिम बौद्धिकता (AI) र डिजिटल रूपान्तरणको आधार हो” भन्ने मान्यताका साथ नेपालमै डेटा सुरक्षित राख्ने (in-country data residency) अवधारणालाई प्राथमिकता दिएको छ। यसले विदेशी सर्भरमा निर्भरता घटाई राष्ट्रिय साइबर सुरक्षा र डिजिटल आत्मनिर्भरता मजबुत बनाउने अपेक्षा गरिएको छ।

Garima Development Bank
Shivam Cement
IME remit

यो परियोजनाले सूचना प्रविधि र इन्जिनियरिङ क्षेत्रमा उल्लेखनीय रोजगारी सिर्जना गर्ने कम्पनीको दाबी छ। साथै भविष्यमा नेपालमै सर्भर, क्यामेरा, ल्यापटप तथा ट्याब्लेट जस्ता डिजिटल उपकरण उत्पादन गर्ने दीर्घकालीन लक्ष्य पनि सार्वजनिक गरिएको छ।

 

डाटा सेन्टर पूर्ण रूपमा जलविद्युत ऊर्जामा आधारित रहने भएकाले यसलाई वातावरणमैत्री र दिगो पूर्वाधारका रूपमा विकास गरिने बताइएको छ।

Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.