बुधबार, जेष्ठ ६,२०८३ 05:23:32
Bizshala
  • बुधबार, जेष्ठ ६,२०८३ 05:23:32
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

कांग्रेसमा भागबण्डा युग सकियो : उपसभापति शर्मा

Laxmi Sunrise Bank Limited
कांग्रेसमा भागबण्डा युग सकियो : उपसभापति शर्मा
Shivam Cement

काठमाण्डौं । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले पार्टीभित्र लामो समयदेखि अभ्यास हुँदै आएको भागबण्डा प्रणाली अब समाप्त भइसकेको दाबी गरेका छन्।

बुधबार कांग्रेसको नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानद्वारा मधेश प्रदेशको बर्दिबासमा आयोजित प्रदेश तथा स्थानीय तह स्तरीय भेलालाई सम्बोधन गर्दै उनले ६०–४० को भागबण्डा राजनीतिक अभ्यास अब इतिहासको विषय बनेको बताए।

Bizshala
New Office
CG Motors

शर्माका अनुसार कांग्रेसभित्र जिम्मेवारी वितरण प्रणाली क्रमशः संस्थागत बन्दै गएको छ र अब केन्द्र, संसदीय दल तथा भातृ संगठनहरूमा नेतृत्व चयन तथा जिम्मेवारी तोक्ने काम क्षमताका आधारमा अघि बढाइएको छ।

उनले विशेष महाधिवेशनमा सहभागी नभएका पक्षलाई पनि समेट्दै पार्टी संरचनामा सहभागी गराउने प्रयास भइरहेको उल्लेख गर्दै कांग्रेसलाई अझ समावेशी, सक्रिय र परिणाममुखी बनाउने अभियान अघि बढिरहेको बताए।

क्रियाशील सदस्यता अद्यावधिक प्रक्रियालाई लिएर देखिएको असन्तुष्टिप्रति प्रतिक्रिया दिँदै उनले व्यक्तिगत पूर्वाग्रह र गुटगत सोचका कारण पार्टी काम अवरुद्ध गर्न नहुने धारणा राखे। 

Garima Development Bank
Shivam Cement
IME remit

सदस्यता अद्यावधिकको जिम्मेवारी स्थानीय वडा संरचनामै रहेको भन्दै उनले यसलाई अनावश्यक विवाद नबनाउन आग्रह गरे।

संविधान संशोधनका विषयमा बोल्दै शर्माले संशोधन प्रक्रिया संविधानका मूल मर्म र ऐतिहासिक आन्दोलनबाट प्राप्त उपलब्धिहरूलाई कमजोर नपार्ने गरी अघि बढ्नुपर्ने बताए।

उनले २०६२/६३ को जनआन्दोलन, माओवादी सशस्त्र संघर्ष र मधेश आन्दोलनले स्थापित गरेका अधिकार र सहमतिहरूको सम्मान गर्दै सबै राजनीतिक शक्तिलाई समेटेर अघि बढ्नुपर्ने आवश्यकता औंल्याए।

शर्माका अनुसार संविधान संशोधन गर्दा वर्तमान प्रतिनिधिसभामा नभएका मधेस केन्द्रित दलहरूको भावनासमेत समेटिने गरी सहमति निर्माण गर्नु आवश्यक छ।

Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited

यो पनि हेर्नुहोस

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.

Global IME Bank Limited
X
Global IME Bank Limited
X