खड्का निवासमा देउवा समूहका शीर्ष नेताहरुको बैठक सुरु
काठमाडौं । नेपाली कांग्रेसको देउवा समूहका वरिष्ठ नेताहरुको बैठक सुरु भएको छ। निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काको निवासमा बैठक सुरु भएको हो।बैठकमा खड्कासहित प्रकाशमान सिंह, कृष्णप्रसाद सिटौला, महालक्ष्मी उपाध्याय ‘डिना’ र डा. शशांक कोइराला सहभागी छन्।

