शुक्रबार, असार १९,२०८३ 01:41:52
Bizshala
  • शुक्रबार, असार १९,२०८३ 01:41:52
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

‘कुमारी सुनौलो लगानी योजना’को इकाई बाँडफाँड अस्थायी रूपमा स्थगित

Laxmi Sunrise Bank Limited
‘कुमारी सुनौलो लगानी योजना’को इकाई बाँडफाँड अस्थायी रूपमा स्थगित

काठमाण्डौ। कुमारी क्यापिटल लिमिटेडको योजना व्यवस्थापनमा सञ्चालन भईरहेको कुमारी सुनौलो लगानी योजनाअन्तर्गतको इकाई बाँडफाँड अस्थायी रूपमा स्थगित गरिएको जनाएको छ।

कम्पनीका अनुसार नेपाल धितोपत्र बोर्डबाट स्वीकृत योजनाको कुल आकार रु. १ अर्ब रहेकोमा २०८३ जेठ ८ गतेसम्मको नियमित इकाई बाँडफाँडपछि उक्त सीमा पूरा हुने भएको हो।

योजनाको आकार वृद्धि गर्न कम्पनीले २०८२ फागुन १५ गते नै आवश्यक कागजातसहित नेपाल धितोपत्र बोर्डमा निवेदन पेश गरिसकेको जनाएको छ। तर, बोर्डबाट थप आकार स्वीकृत नभएसम्म नियमअनुसार स्वीकृत सीमा भन्दा बढी इकाई जारी गर्न नमिल्ने भएकाले एसआईपीमार्फत प्राप्त रकमको इकाई बाँडफाँड अस्थायी रूपमा रोकिएको कम्पनीले स्पष्ट पारेको छ।

New Office
CG Motors
Garima Development Bank

कम्पनीले जेठ ८ गतेको कारोबार समय पश्चात् व्यवस्थित लगानी योजना (एसआईपी)मार्फत प्राप्त रकम वापतको इकाई बाँडफाँड अस्थायी रुपमा नेपाल धितोपत्र बोर्डबाट थप आकार स्वीकृति नभएसम्मका लागि स्थगित गरिने जनाएको छ ।

तसर्थ, जेठ ८ गतेको कारोबार समय पश्चात् एसआईपीमार्फत प्राप्त भएको रकम वापतको इकाईको बाँडफाँड योजनाको थप आकार स्वीकृति प्राप्त भए पश्चात् रकम जुन दिन प्राप्त भएको त्यसै दिनमा कारोबारका लागि कायम प्रति इकाई खुद सम्पत्ति मूल्य (न्याभ)को आधारमा इकाई बाँडफाँड गरी सोही अनुसारको इकाई सम्बन्धित इकाईधनीको हितग्राही खातामा जम्मा गरिने व्यवस्था मिलाइने समेत कम्पनीले उल्लेख गरेको छ ।

Sagarmatha Cement
Muktinath Bikas Bank Limited

साथै, योजनाको थप आकार स्वीकृत नभएसम्मका लागि यस योजनामा एकमुष्ट लगानी गर्ने व्यवस्था अस्थायी रुपमा हाललाई बन्द रहने समेत सूचनामा उल्लेख छ ।

यो योजनाले विसं २०७९ फागुन ३ मा धितोपत्र बोर्डबाट सञ्चालन अनुमति पाएको थियो भने २०७९ चैत २९ गतेदेखि सञ्चालनमा आएको थियो । यो एक खुलामुखी योजना हो । 

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.