आईतवार, असार १,२०८२ 11:01:47
  • आईतवार, असार १,२०८२ 11:01:47
Global IME Bank Limited

बिवाईडीले सार्वजनिक गर्‍यो ३ वटा अफ–रोड मोडलका कार

Hyundai Nepal
बिवाईडीले सार्वजनिक गर्‍यो ३ वटा अफ–रोड मोडलका कार
Nabil Bank Limited

काठमाण्डौ । चिनियाँ कार निर्माता कम्पनी बिवाईडीले दुईवटा कन्सेप्ट कारसहित तीनवटा कारको नयाँ मोडल सार्वजनिक गरेको छ । कम्पनीले आफ्नो प्रिमियम ब्राण्ड फ्रायान्गचेङबाओको अधिनमा ३ वटा कारको मोडल सार्वजनिक गरेको हो ।  

कम्पनीले मंगलबार लाईस्ट्रिम इभेन्टमार्फत बाओ ८ एसयुभी,सुपर ३ कन्सेप्ट क्रसओभर र सुपर ९ कन्सेप्ट स्पोर्ट कार सार्वजनिक गरेको हो । कम्पनीले यी कारहरु अर्को साता बेईजिङमा सुरु हुने अटो शोमा प्रर्दशनी गर्ने तयारी गरेको छ ।  

बिवाईडीले कारको मूल्य र कहिलेदेखि बजारमा यी कारहरु उपलब्ध हुन्छ भन्नेबारे भने केहि पनि उल्लेख गरेको छैन । अधिकांश फ्रायान्गचेङबाओ लाइनअप प्लग–इन हाईब्रिड सिस्टममा आधारित छन् । यसलाई डुअल मोठ अफ–रोड पनि भन्ने गरिन्छ र यसलाई बिवाईडीले कम इन्धन खर्च र उच्च हर्सपावर प्रदान गर्ने उदेश्यसहित अफ रोड सवारीका लागि विकास गरेको हो ।  

टोयोटा ल्याण्ड क्रुजर,स्टेलान्टीसको जीप र टाटा मोटर्सको ज्यागुअर र ल्याण्ड रोभर कार अफ–रोड सेग्मेन्टका लागि अग्रेणी कारको रुपमा चिनिन्छन् । यस्तोमा विआईडीले यी कम्पनीहरुलाई विद्युतीय कारबाट चुनौति पेश गरिरहेको छ ।  

CG Motors
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

बिवाईडीले सुपर स्पोर्ट ९ कारमा स्टाइल डिजाइन दिएको छ । यो कारमा डिजाइन कम्पनीका प्रमुख डिजाइनर वोल्भग्याङ जोसेफ इगरले नेतृत्व गरेको टिमले गरेको छ । इगरले यूरोपियन लक्जरी कार ब्राण्ड अल्फा रोमियो,अडी र ल्याम्बोरगिनीमा काम गरिसकेका छन् ।  

बिवाईडीले ३ वटा ब्राण्डसहित फ्रायान्गचेङबाओलाई गत वर्ष लञ्च गरेको थियो । अञ्च भएका अन्य दुई ब्राण्डमा डेन्जा र याङवाङ हुन् ।  

कम्पनीले याङवाङ ब्राण्ढअन्तर्गत हाईब्रिड एसयुभी र एउटा स्पोर्ट कार लञ्च गरेको थियो । जुन कार १ मिलियन युआनभन्दा बढी मूल्यमा बिक्री गरिएको थियो ।  -एजेन्सी

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.