बुधबार, असार १०,२०८३ 07:05:54
Bizshala
  • बुधबार, असार १०,२०८३ 07:05:54
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

प्रधानमन्त्रीको अभिव्यक्तिमा सहमति जुटेन, प्रतिनिधिसभा बैठक मंगलबारसम्म स्थगित

Laxmi Sunrise Bank Limited
प्रधानमन्त्रीको अभिव्यक्तिमा सहमति जुटेन, प्रतिनिधिसभा बैठक मंगलबारसम्म स्थगित

काठमाण्डौं । प्रधानमन्त्री बालेन्द्र शाहको अभिव्यक्तिलाई लिएर सत्ता र विपक्षबीच देखिएको टकराव तत्काल समाधान हुन नसकेपछि प्रतिनिधिसभाको बैठक मंगलबारसम्मका लागि स्थगित गरिएको छ।  

लगातारको अवरोधका कारण सदनको कार्यसूची अघि बढ्न नसकेपछि सभामुख डोलप्रसाद अर्यालले बैठक मंगलबार दिउँसो १ बजे बस्ने गरी स्थगित गरेका हुन्।

New Office
CG Motors
Garima Development Bank

सोमबारको बैठक निर्धारित समयभन्दा ढिला शुरु भएको थियो। 

दलहरूबीच सहमति खोज्ने प्रयासस्वरूप पहिलो चरणमा बैठक १५ मिनेटका लागि स्थगित गरिएको थियो।  

तर, त्यसपछि पुनः शुरु भएको बैठकमा पनि विपक्षी दलका सांसदहरूले आफ्नो विरोध कायम राखे।

बैठक शुरु हुनासाथ विपक्षी सांसदहरू आ–आफ्नो स्थानबाट उठेर विरोधमा उत्रिएका थिए।  

उनीहरूले प्रधानमन्त्री शाहले आइतबार प्रतिनिधिसभाको प्रश्नोत्तर कार्यक्रममा दिएको विवादास्पद अभिव्यक्ति संसद्को अभिलेखबाट हटाउनुपर्ने, प्रधानमन्त्रीले सदनमा उपस्थित भएर स्पष्टिकरण दिनुपर्ने तथा माफी माग्नुपर्ने माग दोहोर्‍याएका थिए।

सदन सञ्चालनको प्रयास गर्दै सभामुख अर्यालले संसद् कानून निर्माण गर्ने सर्वोच्च लोकतान्त्रिक थलो भएकाले सांसदहरूलाई संसदीय प्रक्रियामा फर्किएर सहयोग गर्न आग्रह गरेका थिए। 

Sagarmatha Cement
Muktinath Bikas Bank Limited

उनले बजेटमाथिको छलफललगायत महत्वपूर्ण कार्यसूची प्रभावित नपार्न विपक्षी दलहरूलाई लचकता अपनाउन अनुरोध गरेका थिए।

तर, विपक्षी दलहरू आफ्नो अडानबाट पछि हटेनन्।  

उनीहरूले प्रधानमन्त्रीको अभिव्यक्तिलाई राष्ट्रिय हित, राष्ट्रिय स्वाभिमान तथा नेपालको स्थापित सीमा सम्बन्धी अडानसँग जोडिएको संवेदनशील विषय भएको भन्दै त्यसमा सरकारको औपचारिक धारणा आउनुपर्ने माग गरेका छन्।

लगातारको विरोध र नाराबाजीका कारण सदनको नियमित कार्यवाही अघि बढ्न नसकेपछि सभामुखले अन्ततः बैठक मंगलबारसम्मका लागि स्थगित गर्ने घोषणा गरेका हुन्।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.