आईतवार, असार १,२०८२ 11:35:44
  • आईतवार, असार १,२०८२ 11:35:44
Global IME Bank Limited

मुक्तिनाथ विकास बैंकद्वारा बालबालिकाहरुलाई कृत्रिम हात वितरण

Hyundai Nepal
मुक्तिनाथ विकास बैंकद्वारा बालबालिकाहरुलाई कृत्रिम हात वितरण
Nabil Bank Limited

काठमाण्डौ । मुक्तिनाथ विकास बैंक लिमिटेडले ईनेबल नेपाल संस्था(गैर मुनाफामूलक)सँगको साझेदारीमा देशका विभिन्न स्थानहरुबाट बसोवास गर्ने र कृत्रिम हातको आवश्यकता पर्ने  बालबालिकाहरुलाई चाहिने कृत्रिम हातहरु वितरण गरेको छ । बैंकले सामाजिक उत्तरदायित्वअन्तर्गत उक्त सहयोग प्रदान गरेको हो ।  

एक कार्यक्रमका बीच , बैंकका सहायक नायब प्रमुख कार्यकारी अधिकृत तिलबहादुर गरुङ र ईनेबल नेपालका पादाधिकारीबाट उक्त कृत्रिम हातहरु बालबालिकाहरुलाई वितरण गरिएको हो । उक्त कार्यक्रममा बैंकका कर्मचारीहरु, बालबालिकाहरुका अभिभावक र ईनेबल नेपालका कर्मचारीहरुको उपस्थिति रहेको थियो ।  

हालमा बैंकले ५ थान कृत्रिम हातहरु वितरण गरिसकेको र निकट भविष्यमा थप कृत्रिम हातहरु वितरण गर्ने बैंकका सहायक नायब प्रमुख कार्यकारी अधिकृत तिलबहादुर गुरुङले बताए ।  

CG Motors
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

उक्त सहयोगहरुबाट बैंकले आफ्नो सामाजिक उत्तरदायित्वलाई आत्मसाथ गर्दै, बालबालिकाहरुको जीवनमा सकरात्मक परिवर्तन हुने र आत्मविश्वास बलियो गर्न मद्दत पुग्ने विश्वास बैंकले लिएको छ ।

साथै, बैंकले डिजिटल कारोबारलार्ई प्रोत्साहनगर्न यस विकास बैंकको एटीमए कार्ड प्रयोग गरी नेपालभरी रहेको भिसा नेटवर्कमा आवद्ध अन्य जुनसुकै बैंकको एटीएम मेशिनबाट निःशुल्क रकम झिक्न सकिने व्यवस्था गरेको छ ।  

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.