बुधबार, श्रावण ६,२०८३ 07:16:36
Bizshala
  • बुधबार, श्रावण ६,२०८३ 07:16:36
Bizshala
Global IME Bank Limited

चार निर्णय गर्दै मन्त्रिपरिषद् बैठक सम्पन्न

चार निर्णय गर्दै मन्त्रिपरिषद् बैठक सम्पन्न
New Office

काठमाण्डौ । सरकारले विभिन्न क्षेत्रसँग सम्बन्धित चार महत्वपूर्ण निर्णयहरू गरेको छ।  

मंगलबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णयहरूबारे सरकारका प्रवक्ता तथा शिक्षा मन्त्री सस्मित पोखरेलले जानकारी दिएका हुन्।

प्रवक्ता पोखरेलका अनुसार कृषि, वन तथा वातावरण मन्त्रालयको प्रस्तावमा ऊर्जा क्षेत्रको विकासलाई लक्षित गर्दै चारवटा जलविद्युत् आयोजनाहरूलाई राष्ट्रिय वन क्षेत्र प्रयोग गर्न स्वीकृति दिने निर्णय गरिएको छ।  

यस निर्णयसँगै तल्लो अरुण, तल्लो न्यादी खोला, भुन्छा खोला र तादी खोला जलविद्युत् आयोजनाहरूले अब आवश्यक वन क्षेत्र प्रयोग गर्न सक्नेछन्।

त्यस्तै, सामान्य प्रशासन मन्त्रालयको प्रस्तावमा निजामती सेवा (सोह्रौँ संशोधन) नियमावली २०८१ लाई मन्त्रिपरिषद्ले स्वीकृत गरेको छ।  

यो संशोधनले प्रशासनिक संरचना तथा सेवा प्रवाहमा सुधार ल्याउने अपेक्षा गरिएको छ।

बैठकले लामो समयदेखि विवादमा रहेको नेपाल रेडक्रस सोसाइटीको व्यवस्थापन सुधारका लागि विशाल कुमार भण्डारीको अध्यक्षतामा नौ सदस्यीय तदर्थ समिति गठन गर्ने निर्णय पनि गरेको छ।  

 

सो समितिले संस्थाको प्रशासनिक पुनर्संरचना तथा सुधारका काम अघि बढाउनेछ।

यसैगरी, पूर्वगृह मन्त्री तथा प्रतिनिधिसभा सदस्य सुदन गुरुङको सम्बन्धमा गठन गरिएको अध्ययन तथा छानबिन समितिको प्रतिवेदन मन्त्रिपरिषद्ले ग्रहण गरेको छ।

प्रतिवेदनको कार्यान्वयनबारे भने थप अध्ययनपछि आवश्यक निर्णय लिइने प्रवक्ता पोखरेलले बताए।

प्रवक्ता पोखरेलले थप जानकारी दिँदै काठमाडौँ उपत्यकामा मेट्रो र मोनोरेल सञ्चालनका लागि सम्भाव्यता अध्ययन भइरहेको उल्लेख गरे।  

साथै, त्रिभुवन विश्वविद्यालयको बजेटमा कुनै पनि कटौती नगरिने स्पष्ट पारिएको उनले बताए।

यो पनि हेर्नुहोस

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.