बिहीबार, जेष्ठ २८,२०८३ 04:44:02
Bizshala
  • बिहीबार, जेष्ठ २८,२०८३ 04:44:02
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

कोशीलाई क्षेत्रीय आईटी हब बनाउन 'काठमाण्डौदेखि विराटनगर डिजिटलकोरिडोर' को अवधारणा सार्वजनिक

Laxmi Sunrise Bank Limited
कोशीलाई क्षेत्रीय आईटी हब बनाउन 'काठमाण्डौदेखि विराटनगर डिजिटलकोरिडोर' को अवधारणा सार्वजनिक
Shivam Cement

काठमाण्डौ । नेपालको सूचना प्रविधि अर्थतन्त्रको परिदृश्यलाई द्रुत रूपमा रूपान्तरण गर्दै काठमाण्डौमा केन्द्रित प्रविधि क्षेत्रको लहरलाई प्रादेशिक स्तरमा विकेन्द्रित गर्ने उद्देश्यका साथएक साहसिक डिजिटल अभियानको सुरुवात गरिएको छ। "Kathmandu 2 Biratnagar Digital Corridor to make Koshi Regional IT Hub" को रणनीतिक नारासहित प्रविधि क्षेत्रका नेतृत्वकर्तार नीति निर्माताहरूले ऐतिहासिक नीतिगत मार्गचित्र सार्वजनिक गरेका छन्, जसको खाका "Koshi Regional IT Hub" नामक रणनीतिक दस्ताबेजमा समेटिएको छ।

Bizshala
New Office
CG Motors

यो प्रादेशिक डिजिटल अभियानलाई कम्प्युटर एसोसिएसन नेपाल (क्यान) महासंघ कोशी प्रदेशले क्यान महासंघ मोरङ जिल्ला शाखा, सुनसरी जिल्ला शाखा, र उदयपुर जिल्ला शाखाको विशेष सहकार्यमा अगाडि बढाएको हो। यो ऐतिहासिक संवाद कार्यक्रम क्यान महासंघ कोशी प्रदेशका अध्यक्ष सन्देश राईको अध्यक्षता तथा सूचना प्रविधि क्षेत्रका स्थापित लिडर एवं मुख्य वक्ता क्यान महासंघका कार्यवाहक अध्यक्ष चिरञ्जीवी अधिकारीको प्रमुख उपस्थितिमा सम्पन्न भएको छ।  

क्यान महासंघका केन्द्रीय सचिव ठाकुर कुमार श्रेष्ठले आईटी लिडर चिरञ्जीवी अधिकारीद्वारा विकसित गरिएको अवधारणात्मक खाकाको उच्च प्रशंसा गर्दै भने, ‘ हामी कोशी प्रदेशसरकारसँगको समन्वय रसहकार्यमा यो मार्गचित्रलाईनिश्चित रूपमा पूर्णरूपमा कार्यान्वयन गर्नेछौँ।’

क्यान महासंघ कोशीप्रदेशका अध्यक्ष सन्देश राईले भने, ‘कोशीक्षेत्र आफैमा एकक्षेत्रीय आईटी हबहो र यस क्षेत्रका प्रत्येक सरोकारवालाहरूसँगसमन्वय र सहकार्यगर्न हामी पूर्णरूपमा तयार छौँ।’

Garima Development Bank
Shivam Cement
Bizshala

क्यान महासंघ मोरङका अध्यक्ष सुमितकुमार शाहले मानवीयपूँजीको महत्त्वमा जोड दिँदै भने, ‘हामीले नीतिगत बहस र पैरवीमार्फत यसक्षेत्रका स्थानीय प्रतिभा रप्रविधि स्टार्टअपहरूलाई बढावादिनुपर्छ।’

उद्यमशीलताको विकास: क्यान महासंघ सुनसरीका अध्यक्ष लोकेन्द्र प्रसाद ढकालले भने, ‘नेपालमा दिगो प्रविधिइकोसिस्टम निर्माण गर्न स्थानीयस्तरका आईटी व्यवसायीर उद्यमीहरूलाई प्रवर्द्धनगर्नु नै मुख्यकडी हो।’

क्यान महासंघ उदयपुरकाअध्यक्ष राजन आचार्यले जग बलियो बनाउनुपर्नेमा जोड दिँदै भने, ‘डिजिटल नेपालको विकेन्द्रित अवधारणालाईसाकार पार्न हामीलेकोशी क्षेत्रमा बलियोआइसीटी फाउन्डेसन तयार गर्नुपर्छ। ’ 

रणनीतिक दस्ताबेजका अनुसार, विराटनगर-इटहरी-धरानलाई एउटै बृहत्प्रविधि कोरिडोरका रूपमा विकास गर्न सकिने बलियो सम्भावना छ। विराटनगरसँग कोशी प्रदेशको डिजिटल अर्थतन्त्रलाई नेतृत्वगर्ने निम्न विशिष्ट क्षमता र पूर्वाधारहरू छन्:  प्रादेशिक केन्द्र, प्रशासनिक सुगमतार सार्वजनिक क्षेत्रको डिजिटल मागको निकटता।  

Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.