बिहीबार, असार ११,२०८३ 02:13:26
Bizshala
  • बिहीबार, असार ११,२०८३ 02:13:26
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

एक दर्जन सुरुङमार्गको अध्ययन र निर्माणमा सरकारको जोड, आगामी वर्षका लागि ६७ करोडभन्दा बढी बजेट विनियोजन

Laxmi Sunrise Bank Limited
एक दर्जन सुरुङमार्गको अध्ययन र निर्माणमा सरकारको जोड, आगामी वर्षका लागि ६७ करोडभन्दा बढी बजेट विनियोजन

काठमाण्डौ । सरकारले देशभरका विभिन्न रणनीतिक सडक खण्डमा सुरुङमार्ग निर्माण तथा सम्भाव्यता अध्ययनलाई प्राथमिकतामा राख्दै आगामी आर्थिक वर्ष २०८३र८४ का लागि ६७ करोड १ लाख रुपैयाँभन्दा बढी बजेट विनियोजन गरेको छ।  

पूर्वाधार विकास मन्त्रालयले सार्वजनिक गरेको वार्षिक विकास कार्यक्रमअनुसार निर्माणाधीन आयोजना सम्पन्न गर्ने र नयाँ सुरुङमार्गको सम्भाव्यता अध्ययनलाई तीव्रता दिने लक्ष्यसहित बजेट छुट्याइएको हो।

New Office
CG Motors
Garima Development Bank

मन्त्रालयका अनुसार हाल निर्माणाधीन अवस्थामा रहेको सिद्धबाबा सुरुङमार्ग परियोजनाका लागि सबैभन्दा ठूलो हिस्सा अर्थात् ५० करोड रुपैयाँ बजेट विनियोजन गरिएको छ।  

बुटवल–पाल्पा सडक खण्डको जोखिमपूर्ण क्षेत्रमा निर्माण भइरहेको यो सुरुङमार्गलाई राष्ट्रिय गौरवका महत्वपूर्ण पूर्वाधार आयोजनामध्ये एक मानिन्छ।

त्यसैगरी, काठमाडौं उपत्यकाको बढ्दो ट्राफिक समस्या समाधान गर्न निर्माण हुन लागेको ग्वार्को–सातदोबाटो–एकान्तकुना फ्लाइओभर परियोजनाका लागि १२ करोड ६६ लाख रुपैयाँ बजेट छुट्याइएको छ।  

यस आयोजनाले उपत्यकाको दक्षिणी क्षेत्रको सवारी चाप व्यवस्थापनमा सहयोग पुग्ने अपेक्षा गरिएको छ।

मन्त्रालयले सुरुङमार्ग विकास कार्यक्रम शीर्षकअन्तर्गत थप ३ करोड ७७ लाख ८० हजार रुपैयाँ विनियोजन गरेको छ।  

उक्त रकम विभिन्न नयाँ सुरुङमार्ग परियोजनाको प्रारम्भिक अध्ययन, डिजाइन तथा आवश्यक प्राविधिक तयारीका लागि खर्च गरिने जनाइएको छ।

काठमाडौंलाई नुवाकोट हुँदै उत्तरी क्षेत्रसँग जोड्ने महत्वाकांक्षी योजना मानिएको टोखा–छहरे–गुर्जुभञ्ज्याङ सुरुङमार्गका लागि ११ लाख ४८ हजार रुपैयाँ बजेट विनियोजन गरिएको छ।  

यो सुरुङमार्ग निर्माण भएमा काठमाडौंबाट रसुवातर्फको यात्रा समय उल्लेख्य रूपमा घट्ने अपेक्षा गरिएको छ।

त्यसैगरी, मन्त्रालयले विभिन्न प्रस्तावित सुरुङमार्गहरूको सम्भाव्यता अध्ययनका लागि १ लाख ९० हजार रुपैयाँ छुट्याएको छ।  

यसअन्तर्गत देशका विभिन्न भौगोलिक क्षेत्रमा सुरुङमार्ग निर्माणको सम्भावना, लागत, वातावरणीय प्रभाव तथा प्राविधिक पक्षहरूको अध्ययन गरिनेछ।

Sagarmatha Cement
Muktinath Bikas Bank Limited

वार्षिक विकास कार्यक्रमअनुसार सुर्खेतको भेरी नदी क्षेत्रलाई बर्दियाको दानुवा ताल क्षेत्रसँग जोड्ने प्रस्तावित सुरुङमार्गको अध्ययनका लागि ५ लाख ६० हजार रुपैयाँ बजेट विनियोजन गरिएको छ।  

यस परियोजनाले कर्णाली र लुम्बिनी प्रदेशबीचको यातायात पहुँच विस्तार गर्न सहयोग पुर्‍याउने विश्वास गरिएको छ।

दोलालघाट–चर्नावती सुरुङमार्ग अध्ययनका लागि १८ लाख ९० हजार रुपैयाँ बजेट छुट्याइएको छ।  

यसैगरी, हात्तीसार–बबई सुरुङमार्गका लागि ७ लाख ५६ हजार रुपैयाँ विनियोजन गरिएको छ।

 यी परियोजनाहरूले दुर्गम क्षेत्रको सडक सञ्जाललाई छोटो र सुरक्षित बनाउन मद्दत गर्ने अपेक्षा गरिएको छ।

खुर्कोट–चियाबारी सुरुङमार्गको सम्भाव्यता अध्ययनका लागि ३ लाख ९२ हजार रुपैयाँ बजेट छुट्याइएको छ।  

त्यस्तै, शिवपुर–भालुवाङ सुरुङमार्ग र रानीघाट–भुरीगाउँ सुरुङमार्गका लागि पनि समान रूपमा ३ लाख ९२ हजार रुपैयाँका दरले बजेट विनियोजन गरिएको मन्त्रालयले जनाएको छ।

सरकारले पछिल्ला वर्षहरूमा सडक पूर्वाधारलाई आधुनिक र सुरक्षित बनाउने रणनीतिअन्तर्गत सुरुङमार्ग तथा फ्लाइओभर निर्माणलाई प्राथमिकता दिँदै आएको छ।  

आगामी आर्थिक वर्षका लागि छुट्याइएको बजेटले देशभरका विभिन्न क्षेत्रमा यातायात पहुँच विस्तार, यात्रा समय घटाउने तथा सडक सुरक्षामा सुधार ल्याउने अपेक्षा गरिएको छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.