बिहीबार, असार ११,२०८३ 03:25:56
Bizshala
  • बिहीबार, असार ११,२०८३ 03:25:56
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

एनआईसी एशिया बैंकद्वारा सरस्वती माध्यमिक विद्यालयलाई स्मार्ट बोर्ड प्रदान

Laxmi Sunrise Bank Limited
एनआईसी एशिया बैंकद्वारा सरस्वती माध्यमिक विद्यालयलाई स्मार्ट बोर्ड प्रदान

काठमाण्डौ । एनआईसी एशिया बैंकले चाँगुनारायण नगरपालिका–८, भक्तपुरस्थित सरस्वती माध्यमिक विद्यालयमा विद्यार्थीहरुको पठनपाठनलाई अझ सहज बनाउँदै गुणस्तरीय शैक्षिक वातावरण सिर्जनामा सहयोग गर्ने उद्देश्यका साथ स्मार्ट बोर्ड प्रदान गरेको छ । बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत उक्त सहयोग प्रदान गरेको हो ।  

New Office
CG Motors
Garima Development Bank

उक्त विद्यालयमा हाल प्रारम्भिक बाल विकासदेखि कक्षा १२ सम्म ३७६ भन्दा धेरै विद्यार्थीहरु अध्ययनरत रहेका छन् । विद्यालयमा असार १० गते एक कार्यक्रमकाबीच बैैंकका काठमाण्डौ इस्ट सर्कल हेड गणेश पौडेल र भक्तपुर शाखा प्रमुख ईश्वर जिसीले उक्त विद्यालयका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सन्जिप पुरीलाई उक्त स्मार्ट बोर्ड हस्तान्तरण गरेका हुन् । 

Sagarmatha Cement
Muktinath Bikas Bank Limited

उक्त कार्यक्रममा विद्यालयका उप प्रधानाध्यापकद्वय श्री निरा गिरी र गोबिन्द नेपालसहित अन्य शिक्षक, शिक्षिकाहरु, विद्यार्थीहरु र बैंकका तर्फबाट बैंकका कर्मचारीहरुको उपस्थिति रहेको थियो ।  

बैंकले उपलब्ध गराएको उक्त सहयोगले विद्यार्थीहरुको पठनपाठनमा अझ धेरै सहजता हुनुको साथै विद्यालयमा गुणस्तरीय शैक्षिक वातावरण सिर्जना गर्न सहयोग पुग्ने बैंकले विश्वास लिएको जनाएको छ ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.