एनआईसी एशिया बैंकका ग्राहकलाई Chiropractic and Manual Therapy Centre मा विशेष छुट
कठमाण्डौ । एनआईसी एशिया बैंकका ग्राहकहरुले Chiropractic and Manual Therapy Centre मा सेवा लिँदा विशेष छुट उपलब्ध हुने सम्बन्धमा थेरापी सेन्टर र बैंकबीच सम्झौता सम्पन्न भएको छ । यस सम्झौतापश्चात बैंकका ग्राहकहरुले बालुवाटार तथा त्रिपुरेश्वर, काठमाण्डौ र बुटवलमा रहेको यस सेन्टरका शाखाहरुमा सेवा लिई डिजिटल भुक्तानी गर्दा १० प्रतिशत छुट प्राप्त गर्न सक्नेछन् ।

