आईतवार, जेष्ठ ३,२०८३ 03:52:52
Bizshala
  • आईतवार, जेष्ठ ३,२०८३ 03:52:52
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

एनआईसी एशिया बैंकले गर्यो वीरेन्द्र आदर्श माध्यमिक विद्यालयमा पुस्तकालय भवनको उद्घाटन

Laxmi Sunrise Bank Limited
एनआईसी एशिया बैंकले गर्यो वीरेन्द्र आदर्श माध्यमिक विद्यालयमा पुस्तकालय भवनको उद्घाटन
Shivam Cement

काठमाण्डौ । एनआईसी एशिया बैंकले चितवन जिल्लास्थित राप्ती नगरपालिका–७ मा अवस्थित वीरेन्द्र आदर्श माध्यमिक विद्यालयमा पुस्तकालय उद्घाटन गरेको छ । बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत मुलुकभरका विभिन्न जिल्लाका सामुदायिक विद्यालयहरुमा निर्माण गरेको पुस्तकालय भवनहरु मध्ये उक्त पुस्तकालय उद्घाटन गरेको हो ।  

विद्यार्थीहरुलाई आवश्यक शैक्षिक सामग्रीहरु उपलब्ध गराई अध्ययन अध्यापनमा सहयोग गर्न र विद्यालयमा उत्कृष्ट शैक्षिक वातावरण सिर्जना गर्ने प्रमुख उद्देश्यले सम्बन्धित विद्यालयएवं स्थानीयतहको सक्रिय सहभागितामा बैंकको सहयोगमा पुस्तकालय भवन निर्माण गरी उक्त विद्यालयलाई हस्तान्तरण गरिएको पुस्तकालय भवन पुस १९ गते उद्घाटन गरिएको बैंकले जनाएको छ ।  

उक्त पुस्तकालय समुद्घाटन समारोहमा सोही नगरपालिका, वडा नम्बर ७ का वडा अध्यक्ष सुमिता डल्लाकोटी,एनआईसी एशिया बैंक बागमती प्रदेश (१, २, ४ र ५) का प्रमुख दिलिप डाँगी र बागमती प्रदेश, २ का उपप्रमुख रामकृष्ण काफ्ले तथा सम्बन्धित विद्यालयका प्रतिनिधिहरु लगायतको उपस्थिति रहेको थियो । उक्त पुस्तकालय सञ्चालनमा आएसँगै उक्त विद्यालयका झन्डै १ हजार ५० विद्यार्थी तथा शिक्षक÷शिक्षिकाहरु उक्त पुस्तकालयबाट प्रत्यक्ष रुपमा लाभान्वित हुनेछन् ।

Bizshala
New Office
CG Motors

यसअघि बैंकले लुम्बिनी प्रदेशको रुपन्देही जिल्लास्थित सियारी गाउँपालिका–४ छपिया अवस्थित पब्लिक सेकेन्डरी स्कुल, मधेश प्रदेशको सिराहाजिल्ला स्थित भगवानपुर गाउँपालिका–१ मा अवस्थित बाला सुन्दरी माध्यमिक विद्यालय, गण्डकी प्रदेशको तनहुँ जिल्ला स्थित बन्दिपुर गाउँपालिका–१ अवस्थित पवित्रा माध्यमिक विद्यालय, सुदूरपश्चिम प्रदेशको कैलाली जिल्लास्थित जोशीपुर गाउँपालिका–१ मा अवस्थित मोहन्याल माध्यमिक विद्यालय, कोशी प्रदेशको झापा जिल्लास्थित बुद्धशान्ती गाउँपालिका–२ अवस्थित आदर्श माध्यमिक विद्यालय र सोही जिल्लाको गौरीगञ्ज गाउँपालिका–३ अवस्थित गौरीगञ्ज माध्यमिक विद्यालयमा निर्माण गरिएका पुस्तकालयको उद्घाटन भई सम्बन्धित विद्यालयहरुलाई हस्तान्तरण गरेको थियो ।  

त्यसैगरी, मधेश प्रदेशको पर्सा जिल्ला स्थित वीरगञ्ज महानगरपालिका–१४ अवस्थित सिद्धार्थ माध्यमिक विद्यालयको पुस्तकालय भवन निर्माण कार्य सम्पन्न गरेर पुस्तकालय स्थापनाको लागि सम्बन्धित विद्यालयहरुलाई हस्तान्तरण गरिसकिएको बैंकले जनाएको छ ।

Garima Development Bank
Shivam Cement
IME remit

बैंकले उल्लेखित पुस्तकालयभवनहरु निर्माणका लागि भनेर कुल रू. २ करोड ५ लाख ३० हजार बजेट विनियोजन गरेको थियो । उक्त पुस्तकालय भवनहरु निर्माणपछि उक्त विद्यालयहरुमा अध्ययनरत ११ हजारभन्दा बढी विद्यार्थीहरु प्रत्यक्ष रुपमा लाभान्वित हुनेछन् भने विद्यालयमा अत्यावश्यक पुस्तकालय व्यवस्थापन गराई विद्यार्थीहरुलाई पुस्तक पढ्न र अन्य शैक्षिक सिकाइका सामग्रीहरुमा पहुँच भई उनीहरुको शैक्षिक गुणस्तर बढ्ने एवं व्यक्तित्व विकासमा ठूलो योगदान पुग्ने बैंकले विश्वास लिएको छ ।  

Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.