आईतवार, जेष्ठ ३,२०८३ 12:02:00
Bizshala
  • आईतवार, जेष्ठ ३,२०८३ 12:02:00
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

एनआईसी एशिया बैंकले राख्यो ३ कम्पनीको ९.४९ लाख कित्ता संस्थापक बिक्रीमा, न्यूनतम मूल्य कति ?

Laxmi Sunrise Bank Limited
एनआईसी एशिया बैंकले राख्यो ३ कम्पनीको ९.४९ लाख कित्ता संस्थापक बिक्रीमा, न्यूनतम मूल्य कति ?
Shivam Cement

काठमाण्डौ । एनआईसी एशिया बैंक लिमिटेडले आफ्नो स्वामित्वमा रहेको ३ वटा कम्पनीको संस्थापक सेयर लिलामीमार्फत बिक्रीमा राखेको छ ।  

बैंकले सूर्योदय वोमी लघुवित्तको ५९ हजार ६०कित्ता,सीआईटीको ५० हजार कित्ता र सूर्यज्योति लाइफको ८ लाख ९३ हजार ८२५ कित्ता गरी कुल ९ लाख ४९ हजार ७८५ कित्ता सेयर आजदेखि लिलामीमा राखेको हो ।  

सेयर खरिद गर्न इच्छुक लगानीकर्ताले माघ ४ गतेसम्म गोप्य शिलबन्दी बोलपत्र पेस गर्नुपर्नेछ। सूर्योदय वोमी लघुवित्तको न्यूनतम मूल्य २५३ रुपैयाँ, सीआईटीको ७०३ रुपैयाँ र सूर्यज्योति लाइफको १५९ रुपैयाँ निर्धारण गरिएको छ ।  

Bizshala
New Office
CG Motors

बोलपत्र पेस गर्दा लगानीकर्ताले आफूले लिन चाहेको सेयर संख्या, प्रतिकित्ता दररेट अंक र अक्षरमा स्पष्टसँग लेख्नुपर्छ। सूर्यज्योति र सूर्योदय वोमीको सेयर खरिदका लागि बोलपत्र पेस गर्दा न्यूनतम ५ हजार कित्ता र सीआईटीका लागि १० हजार कित्ताका लागि आवेदन दिनु पर्नेछ । अधिकतममा भने सम्पूर्ण कित्ताका लागि खरिद आवेदन दिन सकिनेछ।

Garima Development Bank
Shivam Cement
IME remit

सेयर बिक्री प्रबन्धकमा एनआईसी एशिया क्यापिटल लिमिटेड रहेको छ। बोलपत्र आवेदन काठमाण्डौको थापाथली ट्रेड टावरस्थित एनआईसी एशिया क्यापिटलको कार्यालय वा थापाथलीस्थित एनआईसी एशिया बैंकको कर्पोरेट कार्यालयसँगै विराटनगर, वीरगन्ज, पोखरा, बुटवल, धनगढी र सुर्खेत शाखा कार्यालयमा बुझाउन सकिनेछ।  

Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.