सोमबार, असार ३०,२०८२ 10:11:05
  • सोमबार, असार ३०,२०८२ 10:11:05
Global IME Bank Limited

एनआईसी एशिया बैंक र ई–स्टप नेपालबीच सम्झौता, ग्राहकहरुलाई रेष्टुरेन्टमा १० र चार्जिङ स्टेसनमा ५% छुट

Hyundai Nepal
एनआईसी एशिया बैंक र ई–स्टप नेपालबीच सम्झौता, ग्राहकहरुलाई रेष्टुरेन्टमा १० र चार्जिङ स्टेसनमा ५% छुट
Shivam Cement

काठमाण्डौ । एनआईसी एशिया बैंक र ई–स्टप नेपाल प्रालिबीच बैंकका ग्राहकहरुलाई रेष्टुरेन्टको खाना र चार्जिङ स्टेसन सेवामा विशेष छुट उपलब्ध गराउने विषयमा सम्झौता सम्पन्न भएको छ ।  

यस सम्झौतापछि बैंकका ग्राहकहरुले ई.स्टप नेपालले उपलब्ध गराएको रेष्टुरेन्टका परिकारमा १० प्रतिशत र चार्जिङ स्टेसन सेवामा ५ प्रतिशत छुट प्राप्त गर्न सक्नेछन् ।  

Muktinath Bikas Bank Limited

ई–स्टप नेपालले नवलपुर स्थित दलदले, सिन्धुलीस्थित रामटार र कुरिनटारमा रेष्टुरेन्टसँगै उपलब्ध गराएको चार्जिङ स्टेसनहरुमा विद्युतीय गाडी चार्ज गर्दै खानाको स्वादमा उक्त छुट सुविधा उपभोग गर्न सक्नेछन् ।

ग्राहकहरूले यस बैंकको डेबिट कार्ड,क्रेडिट कार्ड वा प्रिपेड कार्ड प्रयोग गरी वा मोबैंक एपमार्फत भुक्तानी गर्दा उक्त छुट सुविधा लिन सक्नेछन् । दीगो ग्रुप अफ कम्पनीअन्तर्गत रहेको ई–स्टप नेपालसँगको यस सहकार्यले मुलुकमा डिजिटल भुक्तानी र हरित अर्थतन्त्रको प्रवद्र्धनमा समेत टेवा पुग्ने बैंकले विश्वास लिएको छ ।  

Nepal Investment Mega Bank Limited
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.