आईतवार, असार १,२०८२ 11:21:01
  • आईतवार, असार १,२०८२ 11:21:01
Global IME Bank Limited

एनआईसी एशिया बैंकको खुद ब्याज आम्दानी र नाफा दुवैमा गिरावट

Hyundai Nepal
एनआईसी एशिया बैंकको खुद ब्याज आम्दानी र नाफा दुवैमा गिरावट
Nabil Bank Limited

काठमाण्डो । ब्याज आम्दानी घटेसँगै र इम्पेयरमेन्ट चार्ज बढेसँगै एनआईसी एशिया बैंक लिमिटेडको खुद नाफामा कमी आएको छ । बैंकले सार्वजनिक गरेको चालु आवको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार बैंकको खुद नाफामा ९१.८१ प्रतिशतको गिरावट आएको छ । बैंकले समीक्षा अवधिसम्म १५ करोड ६७ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ ।  

अघिल्लो आवको सोही अवधिसम्म भने बैंकले १ अर्ब ९१ करोड रुपैयाँबराबरको खुद नाफा कमाएको थियो ।  

CG Motors
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

समीक्षा अवधिसम्म बैंकले ७ अर्ब ९६ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । यो रकम अघिल्लो आवको सोहि अवधिको तुलनामा २.७५ प्रतिशतले कम हो । अघिल्लो आवको सोहि अवधिसम्म बैंकले ८ अर्ब १८ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो । बैंकको खुद सञ्चालन आम्दानी ६ अर्ब १४ करोड रुपैयाँ छ । बैंकले इम्पेयरमेन्ट चार्जका लागि ३ अर्ब ५ करोड रुपैयाँको व्यवस्था गरेको छ । अघिल्लो आवमा यस्तो रकम २ अर्ब १४ करोड रहेको थियो । कर्मचारीको लागि २ अर्ब ९१ करोड रुपैयाँ खर्च गरेको बैंकको अन्य सञ्चालन खर्च १ अर्ब ३१ करोड रुपैयाँ रहेको छ ।  

बैंकको रिटेन्ड अर्निङ ३ अर्ब ५६ करोड रुपैयाँले ऋणात्मक रहँदा रिजर्भको आकार १८ अर्ब ३८ करोड रुपैयाँले धनात्मक रहेको छ । चैत मसान्तसम्म बैंकको निक्षेप संकलन २ खर्ब ९४ अर्ब रुपैयाँ र कर्जा प्रवाह २ खर्ब ३३ अर्ब रुपैयाँ रहेको छ ।    

यसैगरी बैंकको वितरणयोग्य मुनाफा ३ अर्ब ५६ करोड रुपैयाँले ऋणात्मक छ ।  

समीक्षा अवधिसम्म बैंकको प्रतिसेयर आम्दानी(ईपीएस)१.४१ रुपैयाँ,प्रतिसेयर नेटवर्थ १९९.३० रुपैयाँ,मूल्य आम्दानी अनुपात २६६.६४ गुणा ,तरलता अनुपात २७.०३ प्रतिशत,र कुल सम्पत्तिमा प्रतिफल ०.०६ प्रतिशत रहेको छ ।  

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.