बुधबार, असार १०,२०८३ 05:38:27
Bizshala
  • बुधबार, असार १०,२०८३ 05:38:27
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

तुलसीपुर उपमहानगरको २ अर्ब ४४ करोड ९५ लाखको बजेट सार्वजनिक, पूर्वाधार र सेवा प्रवाहलाई प्राथमिकता

Laxmi Sunrise Bank Limited
तुलसीपुर उपमहानगरको २ अर्ब ४४ करोड ९५ लाखको बजेट सार्वजनिक, पूर्वाधार र सेवा प्रवाहलाई प्राथमिकता

काठमाण्डौ । तुलसीपुर उपमहानगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि दुई अर्ब ४४ करोड ९५ लाख रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेको छ।  

उपप्रमुख स्यानी चौधरीले नगर सभामा प्रस्तुत गरेको उक्त बजेट अघिल्लो आर्थिक वर्ष २०८२/८३ को तुलनामा करिब ३८ करोड रुपैयाँले वृद्धि भएको हो।

New Office
CG Motors
Garima Development Bank

नगरपालिकाले तयार पारेको बजेटमा विभिन्न आन्तरिक तथा बाह्य स्रोतबाट राजस्व संकलन गर्ने लक्ष्य निर्धारण गरिएको छ।  

आन्तरिक स्रोततर्फ ५४ करोड रुपैयाँ आम्दानी हुने अनुमान गरिएको छ।  

त्यसैगरी मालपोत तथा रजिस्ट्रेसन शुल्क र स्थानीय राजस्व बाँडफाँटबाट २४ करोड रुपैयाँ प्राप्त हुने अपेक्षा गरिएको छ।  

ढुंगा, गिटी तथा विज्ञापन करबाट करिब १५ लाख रुपैयाँ संकलन हुने लक्ष्य राखिएको छ।

संघीय सरकारबाट प्राप्त हुने अनुदानमा समानीकरण अनुदान २८ करोड ७७ लाख रुपैयाँ, ससर्त अनुदान ६७ करोड २३ लाख रुपैयाँ, समपूरक अनुदान ६० लाख रुपैयाँ र विशेष अनुदान ८८ लाख रुपैयाँ समेटिएको छ।  

त्यस्तै संघीय राजस्व बाँडफाँटबाट २४ करोड ९ लाख ५७ हजार रुपैयाँ आम्दानी हुने प्रक्षेपण गरिएको छ।

प्रदेश सरकारतर्फ ससर्त अनुदान २ करोड २ लाख ५० हजार रुपैयाँ, समपूरक अनुदान १ करोड ५० लाख रुपैयाँ र विशेष अनुदान २० लाख रुपैयाँ प्राप्त हुने अनुमान छ।

Sagarmatha Cement
Muktinath Bikas Bank Limited

प्रदेश राजस्व बाँडफाँटबाट २ करोड ४१ लाख ८६ हजार रुपैयाँ आउने लक्ष्य पनि बजेटमा उल्लेख गरिएको छ।

अन्य स्रोततर्फ सडक बोर्डबाट १ करोड रुपैयाँ र नगर विकास कोषबाट २ करोड १० लाख रुपैयाँ प्राप्त हुने अनुमान गरिएको छ।

यी सबै स्रोतलाई जोड्दा उपमहानगरपालिकाले कुल २ अर्ब ४४ करोड ९५ लाख रुपैयाँ बराबरको आय अनुमान गरेको छ।

खर्च संरचनातर्फ चालू खर्चका लागि १ अर्ब ३९ करोड ६० लाख रुपैयाँ विनियोजन गरिएको छ, जुन कुल बजेटको करिब ५६ प्रतिशत हो।

पुँजीगत खर्चतर्फ १ अर्ब १ करोड ३८ लाख २८ हजार रुपैयाँ छुट्याइएको छ, जसको हिस्सा ४२।३५ प्रतिशत रहेको छ।  

वित्तीय व्यवस्थापनका लागि ४ करोड रुपैयाँ विनियोजन गरिएको छ, जुन कुल बजेटको १.६५ प्रतिशत हो।

नगरपालिकाले यो बजेटलाई पूर्वाधार विकास, सामाजिक सेवा विस्तार, शिक्षा र स्वास्थ्य सुधार, कृषि आधुनिकीकरण तथा रोजगारी सिर्जनामा केन्द्रित गर्ने जनाएको छ।  

साथै, सेवा प्रवाहलाई प्रभावकारी बनाउँदै स्थानीय विकासलाई तीव्रता दिने लक्ष्य लिइएको उपमहानगरपालिकाले स्पष्ट पारेको छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.