बुधबार, असार १०,२०८३ 09:35:29
Bizshala
  • बुधबार, असार १०,२०८३ 09:35:29
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

रास्वपाको पहिलो महाधिवेशनबाट रवि लामिछाने निर्विरोध सभापति, अन्य पदका लागि निर्वाचन आज

Laxmi Sunrise Bank Limited
रास्वपाको पहिलो महाधिवेशनबाट रवि लामिछाने निर्विरोध सभापति, अन्य पदका लागि निर्वाचन आज

काठमाण्डौ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम राष्ट्रिय महाधिवेशन पार्टीका संस्थापक सभापति रवि लामिछाने पुनः सभापति पदमा निर्विरोध निर्वाचित भएका छन्।  

केन्द्रीय निर्वाचन आयोगका अनुसार सभापति पदमा लामिछानेको एकल उम्मेदवारी परेपछि निर्वाचनको आवश्यकता नपरी उनी निर्वाचित भएका हुन्। 

New Office
CG Motors
Garima Development Bank

उनको नाम प्रस्ताव गर्ने जिम्मेवारी पार्टीका वरिष्ठ नेता तथा काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले निर्वाह गरेका थिए।

बुधबारदेखि शुरु हुने मतदान प्रक्रियामार्फत पार्टीले आफ्नो नयाँ केन्द्रीय नेतृत्व चयन गर्दै संगठनलाई औपचारिक र संस्थागत संरचनामा रूपान्तरण गर्ने तयारी गरेको छ।

चार वर्षअघि स्थापना भएको रास्वपाले पहिलोपटक राष्ट्रिय महाधिवेशनमार्फत संगठनात्मक नेतृत्व चयन प्रक्रिया सम्पन्न गर्न लागेको हो।  

पार्टी नेतृत्वले महाधिवेशनलाई केवल नेतृत्व फेरबदलको कार्यक्रम नभई आगामी दशकका लागि राजनीतिक दिशा, संगठनात्मक संरचना र कार्यशैली निर्धारण गर्ने अवसरका रूपमा प्रस्तुत गरेको छ।

महाधिवेशनको बन्दसत्र प्रतिनिधि सूची र मतदाता नामावलीसम्बन्धी विवादका कारण निर्धारित समयभन्दा ढिलो शुरु भएको थियो।  

प्रतिनिधिको अन्तिम सूची प्रमाणीकरण र परिचयपत्र वितरणमा समय लागेपछि सोमबारको कार्यक्रम प्रभावित भएको थियो।  

तर, आवश्यक प्रक्रिया पूरा भएपछि मंगलबार बन्दसत्र सञ्चालन गरिएको थियो।

बन्दसत्रमा राजनीतिक, आर्थिक, संगठनात्मक तथा विधानसम्बन्धी प्रतिवेदनमाथि व्यापक छलफल भएको थियो।  

प्रतिनिधिहरूले विभिन्न सुझाव र संशोधन प्रस्तुत गरेपछि ती प्रतिवेदनहरू अनुमोदन गरिएको जनाइएको छ।  

पार्टीको भावी रणनीति, नीति तथा संगठन विस्तारका विषयहरूमा समेत विस्तृत बहस भएको थियो।

महाधिवेशनबाट पारित संशोधित विधानअनुसार अब रास्वपाको केन्द्रीय समिति १५८ सदस्यीय हुनेछ।  

तीमध्ये ९९ जना सदस्य प्रत्यक्ष निर्वाचनबाट चयन हुनेछन् भने बाँकी सदस्यहरू समावेशी प्रतिनिधित्व र विशेष व्यवस्थाअन्तर्गत मनोनयन गरिनेछन्।  

Sagarmatha Cement
Muktinath Bikas Bank Limited

नयाँ संरचनाले महिला, युवा, दलित, आदिवासी जनजाति, मधेसी तथा अन्य समुदायको प्रतिनिधित्व सुनिश्चित गर्ने अपेक्षा गरिएको छ।

निर्वाचन आयोगले उम्मेदवारी दर्ता, दाबी–विरोध, उम्मेदवारी फिर्ता तथा अन्तिम नामावली प्रकाशनलगायतका सम्पूर्ण प्रक्रिया मंगलबार रातिसम्म सम्पन्न गरेको थियो।

त्यसपछि निर्वाचन आचारसंहिताअनुसार मौन अवधि लागू गरी बुधबार बिहानदेखि मतदान शुरु गरिएको हो।

महाधिवेशनमा देशभरबाट आएका चार हजार पाँच सयभन्दा बढी प्रतिनिधिले मतदान गर्दैछन्।

प्रतिनिधिको संख्या धेरै भएकाले मतदान सम्पन्न हुन करिब आठ घण्टा लाग्ने अनुमान गरिएको निर्वाचन आयोगले जनाएको छ।  

मतदानका लागि आवश्यक प्राविधिक र व्यवस्थापकीय तयारी पूरा गरिएको छ।

मतदान सम्पन्न भएपछि मतगणना शुरु गरिनेछ। प्रारम्भिक चरणमा ९९ जना केन्द्रीय सदस्यको निर्वाचन परिणाम सार्वजनिक गरिनेछ।  

त्यसपछि नवनिर्वाचित केन्द्रीय सदस्यहरूबाट पदाधिकारी चयन प्रक्रिया अघि बढाइनेछ।

निर्वाचन आयोगले वरिष्ठ नेता, उपसभापति, महामन्त्री, सहमहामन्त्री, प्रवक्ता, सहप्रवक्ता, कोषाध्यक्ष तथा अन्य पदाधिकारीको निर्वाचनका लागि छुट्टै कार्यतालिका सार्वजनिक गर्ने जनाएको छ।

राजनीतिक वृत्तमा रास्वपाको यो महाधिवेशनलाई पार्टीको दोस्रो चरणको यात्रा प्रारम्भ गर्ने महत्वपूर्ण मोडका रूपमा हेरिएको छ।  

नयाँ नेतृत्व चयनपछि पार्टीले संगठन विस्तार, जनसम्पर्क सुदृढीकरण, सुशासन र वैकल्पिक राजनीतिक शक्तिको एजेन्डालाई थप प्रभावकारी रूपमा अघि बढाउने अपेक्षा गरिएको छ।  

महाधिवेशनको परिणामले रास्वपाको आगामी राजनीतिक रणनीति र संगठनात्मक भविष्य निर्धारण गर्ने विश्वास गरिएको छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.