शुक्रबार, श्रावण १,२०८३ 07:43:30
Bizshala
  • शुक्रबार, श्रावण १,२०८३ 07:43:30
Bizshala
Global IME Bank Limited

निर्माण व्यवसायीसँग आज प्रधानमन्त्री बालेनको छलफल

निर्माण व्यवसायीसँग आज प्रधानमन्त्री बालेनको छलफल
New Office

काठमाण्डौ । प्रधानमन्त्री बालेन शाहले आज निर्माण व्यवसायीहरूसँग छलफल गर्ने भएका छन्।

निर्माण क्षेत्रमा देखिएका समस्या, समाधानका उपाय, व्यवसायीहरूले भोगिरहेका व्यावहारिक चुनौती तथा सरकारले गर्नुपर्ने नीतिगत सहजीकरणका विषयमा छलफल हुने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

छलफल बिहान ११ बजेदेखि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा हुनेछ।

 

 

छलफलमा नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष निकोलश पाण्डे, वरिष्ठ उपाध्यक्ष मुकेश पन्त, महासचिव शिवहरि घिमिरे, बागमती प्रदेश उपाध्यक्ष बालकृष्ण थापा तथा महासंघका पूर्वअध्यक्ष एवं सल्लाहकार जयराम लामिछाने सहभागी हुनेछन्।

प्रधानमन्त्री बालेनका प्रेस तथा अनुसन्धान विज्ञ दीपा दाहालका अनुसार बैठक सरकार र निर्माण व्यवसायीबीचको सहकार्यलाई थप प्रभावकारी बनाउने विषयमा केन्द्रित हुनेछ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.