आईतवार, श्रावण ३,२०८३ 11:02:51
Bizshala
  • आईतवार, श्रावण ३,२०८३ 11:02:51
Bizshala
Global IME Bank Limited

गणेश नेपाली मृत्यु प्रकरण छानबिन गर्न डीआईजीको नेतृत्वमा पाँच सदस्यीय समिति

गणेश नेपाली मृत्यु प्रकरण छानबिन गर्न डीआईजीको नेतृत्वमा पाँच सदस्यीय समिति
New Office

 

काठमाण्डौ । गणेश नेपालीको आत्मदाह प्रयासपछि मृत्यु भएको घटनाको छानबिन गर्न सरकारले प्रहरी नायब महानिरीक्षक (डीआईजी) गोविन्द थपलियाको नेतृत्वमा पाँच सदस्यीय समिति गठन गरेको छ।

गृहमन्त्री सुधन गुरुङले शुक्रबार प्रतिनिधिसभामा घटनाबारे जानकारी गराउँदै छानबिन प्रक्रिया अघि बढाइएको बताएका हुन्।

 

उनका अनुसार घटनासम्बन्धी अनुसन्धान तथा सोधपुछका लागि काठमाडौं महानगरपालिकाका तीन जना नगर प्रहरीलाई नियन्त्रणमा लिइएको छ।

छानबिन समितिले घटनाको पृष्ठभूमि, महानगर प्रहरीको भूमिका र घटनासँग सम्बन्धित अन्य पक्षबारे अनुसन्धान गरी प्रतिवेदन सरकारलाई बुझाउनेछ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.