आईतवार, श्रावण ३,२०८३ 11:04:39
Bizshala
  • आईतवार, श्रावण ३,२०८३ 11:04:39
Bizshala
Global IME Bank Limited

पैदल न्याय मार्चमा रहेका मिटरब्याजपीडित भेट्न निजगढ पुगे गृहमन्त्री गुरुङ

पैदल न्याय मार्चमा रहेका मिटरब्याजपीडित भेट्न निजगढ पुगे गृहमन्त्री गुरुङ
New Office

 

काठमाण्डौ ।  न्यायको माग गर्दै जनकपुरधामबाट काठमाडौंका लागि पैदल हिँडेका मिटरब्याजपीडितलाई भेट्न गृहमन्त्री सुधन गुरुङ बाराको निजगढ पुगेका छन्।

गृहमन्त्री गुरुङ भेट्न आउने जानकारी पाएपछि काठमाडौं आउँदै गरेको मिटरब्याजपीडितको टोली मंगलबार बिहानदेखि निजगढमै रोकिएको थियो।

राति बास बसेको निजगढ उद्योग वाणिज्य संघको सभाहलमा गृहमन्त्री गुरुङ र पीडितहरूबीच संवाद भइरहेको मिटरब्याजपीडितका नेता मनोज पासवानले जानकारी दिए।

छलफलमा पीडितहरूले मिटरब्याजसम्बन्धी समस्या समाधान, विगतमा सरकारसँग भएका सहमति कार्यान्वयन तथा न्याय सुनिश्चित गर्न प्रभावकारी कानुनी र प्रशासनिक पहल गर्नुपर्ने माग राखेका छन्।

मिटरब्याजविरुद्ध किसान–मजदुर आन्दोलन नेपालको अगुवाइमा पीडितहरूले असार २५ गते जनकपुरधामबाट तेस्रो ‘पैदल न्याय मार्च’ सुरु गरेका थिए। सरकारसँग पटक–पटक सहमति भए पनि प्रभावकारी रूपमा कार्यान्वयन नभएको भन्दै उनीहरू काठमाडौंसम्मको पैदल यात्रामा निस्किएका हुन्।

आन्दोलनकारीहरूले फर्जी लिखत खारेज गर्न, मिटरब्याजसम्बन्धी शक्तिशाली विशेष कानुन बनाउन, छुट्टै न्यायाधिकरण गठन गर्न तथा अनुचित लेनदेनबाट पीडित बनेकालाई क्षतिपूर्ति उपलब्ध गराउनुपर्ने माग राख्दै आएका छन्।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.