शनिबार, श्रावण २,२०८३ 04:23:33
Bizshala
  • शनिबार, श्रावण २,२०८३ 04:23:33
Bizshala
Global IME Bank Limited

सांसदको आपत्तिपछि लेखा समितिमा राहदानी प्रकरणको छलफल रोकियो

सांसदको आपत्तिपछि लेखा समितिमा राहदानी प्रकरणको छलफल रोकियो
New Office

 

काठमाण्डौ ।   राहदानी छपाइ प्रकरणबारे छलफल गर्न बोलाइएको प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिको बैठक विषयवस्तुमा प्रवेश नै नगरी स्थगित भएको छ।

मंगलबार बसेको समिति बैठकमा सांसदहरूले राहदानी छपाइसम्बन्धी विषय अदालतमा विचाराधीन रहेको भन्दै संसदीय समितिमा छलफल गर्न नमिल्ने धारणा राखेका थिए। सदस्यहरूको विरोधपछि समितिले राहदानी प्रकरणमाथिको छलफल रोकेको हो।

बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरूले न्यायिक परीक्षणमा रहेको विषयलाई समितिको एजेन्डा बनाउन नहुने भन्दै एजेन्डा परिवर्तन गर्न माग गरेका थिए।

सांसद गणेश पराजुलीले राहदानी प्रकरण विशेष अदालतमा विचाराधीन रहेको उल्लेख गर्दै अदालतबाटै यसको निरूपण हुनुपर्ने बताए। कर्मचारीसँग मात्रै नभई राजनीतिक स्वार्थसँग समेत जोडिएको विषय भएकाले न्यायिक प्रक्रियामाथि विश्वास गर्नुपर्ने उनको भनाइ थियो।

सांसद क्रान्तिशिखा धितालले पनि राहदानी प्रकरणमा छलफल गर्ने समय उपयुक्त नभएको भन्दै अन्य विषयमा छलफल अघि बढाउन आग्रह गरिन्।

अन्य सांसदहरूले समेत अदालतमा विचाराधीन मुद्दामाथि संसदीय समितिमा छलफल गर्दा समितिको गरिमा र न्यायिक प्रक्रियामा असर पर्न सक्ने धारणा राखेका थिए।

सांसदहरूको असहमतिपछि समिति सभापति भरतबहादुर खड्काले बैठक अर्को सूचना जारी नभएसम्मका लागि स्थगित गरेका छन्।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.